धनकुटामा न्यूरो हस्पिटलकाे वृहत स्वास्थ्य शिविर, वरिष्ठ न्यूरो सर्जनकाे सेवा लिन स्थानियहरुको भिड

इटहरी / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र छथर जोरपाटि गाँउपालिका, धनकुटाको संयूक्त आयोजनामा आयोजित वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । न्यूरो हस्पिटल विराटनगरले प्रदान गरेको स्वास्थ्य शिविरमा ७ सय ६१ जनाले स्वास्थ्य सेवाबाट लाभान्वित भएको छथर जोरपाटि गाँउपालिकाले जनाएको छ । उक्त आयोजित शिविरले धनकुटावाशि हर्षित भएका छन् । यस्तै धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले समेत शिविरको अवलोकन गर्नुभएको छ । उहाँले धनकुटा जिल्लामा यस्तो शिविर ल्याएकोमा न्यूरो हस्पिटल परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

न्यूरो हस्पिटलले गरेको स्वास्थ्य शिविर सिरहा जिल्लाकै उत्कृष्ट एवम भव्य शिविर रहेको स्थानिय ताङबो शेर्पाले बताए । उनले पूर्वकै हस्पिटलहरु मध्ये न्यूरो हस्पिटलका सबै वरिष्ठ चिकित्सकहरुद्वारा निःशुल्क स्वास्थ्य शिविर हुनु नै धनकुटा वासिका लागि गर्वको कुरा रहेको बताए । उनले चिकित्सक देखी आधुनिक उपकरणमा अब्बल रहेको भन्दै बिरामीहरुलाई बचाउने उत्कृष्ट हस्पिटल रहेको बताए । न्यूरो हस्पिटलको ६३ जनाको स्वास्थ्यकर्मीको टोली संगै वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्रकुमार विष्ट आफै ग्रामीण भेगमा आएर स्वास्थ्य सेवा प्रदान गर्नुभएकोमा कृतज्ञता व्यक्त गरे ।

स्वास्थ्य स्वास्थ्य शिविरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि.का बरिष्ठ डाक्टरहरु , न्यूरो सर्जन डा यम बहादुर रोका , अर्थोपेडिक सर्जन डा. नविन कुमार कर्ण , फिजिसियन डा. केशर बहादुर गुरुङ, रेडियोलोजिस्ट डा. रोशन कोइराला, नेत्र रोग विशेषज्ञ डा. नारायणी रोका , दन्तरोग विशेषज्ञ डा. अमित प्रताप साह , बाल रोग विशेषज्ञ डा. सुरेश प्रसाद साह लगायतका विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

स्वास्थ्य शिविरमा छथर जोरपाटि गाँउपालिकाका अध्यक्ष शेर बहादुर लिम्बुले न्यूरो हस्पिटलले समाज प्रति सदैव उत्तरदायी रहेको भन्दै अगामी दिनमा समेत यस्ता शिविरहरु भइराख्ने अपेक्षा राखेको बताए । शिविरमा न्यूरो सम्बन्धी , महिलाको आङ खस्ने समस्या , महिनावारी , डाइबेटिज , फिजियोथेरापी , दन्त रोग , बालबालिमालाग्ने बिभिन्न रोग तथा हाड जोर्निको विरामीहरु स्वस्थ्य लाभ लिई लाभान्वित भएका थिए ।

शिविरमा ११३ जनाको इसिजि , तथा ५ सय ५३ जनाको सुगरको टेस्ट गरिएको न्यूरो हस्पिटलका हस्पिटल डाइरेक्टर इं रंजित राज बस्नेतले बताए । न्यूरो हस्पिटलले सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्दै १ नं प्रदेश तथा २ नं प्रदेशको बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गर्दै आएको हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भटटराईले बताए । मेडिकल अफिसरहरु डा . ज्योत्सना पराजुली , डा. अमित चौधरी, डा. मयङक राज कर्ण , डा. जङ बहादुर चापागाई , डा. मोहमद सिद्धिक , डा. बिनिता संजेल , फिजियोथेरापिष्ट डा. नविन कुमार चौधरी र डा सेखर प्याकुरेल , रेडियोलोजिस्ट दयाराम भटट्राई , प्याथोलोजिस्ट नरेश साह लगायतका ६३ जनाको स्वास्थ्यकर्मीको टोली द्धारा स्वास्थ्य परिक्षण गर्नुका साथै निःशूल्क औषधी पनि वितरण गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित