राष्ट्रिय माध्यमिक विद्यालयको वार्षिक उत्सव कार्यक्रम सम्पन्न

इटहरी / इटहरी स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको ६४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । प्रदेश न १ का सांसद सर्वध्वज सावाँको प्रमुख आतिथ्यतामा शुक्रवार कार्यक्रम सम्पन्न भएको हो ।

इटहरी १ स्थित विद्यालय परिसरमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सरन कुमार बस्नेतले विद्यालयको प्रगति विवरण तथा भावी योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्र अ बस्नेतले आगामी दिनहरूमा विद्यालयलाई वाल मैत्री तथा प्रविधिमैत्रि बनाउन लागि परेकाले सबैको सहयोग आवश्यक पर्ने बताए ।

त्यसैसरि कार्यक्रममा प्रमुख अतिथि सावाले विद्यालय बाल मैत्रि र गुणस्तरीय हुनु पर्नेमा जोड दिए । उनले विद्यालयको विकासका लागि आफू सधैँ सकारात्मक रहेकाले सहयोगका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए । विद्यालयले वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता समेत आयोजना गरेको थियो । कार्यक्रममा खेलकुद प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण समेत गरिएको सह प्राध्यापक लक्ष्मी प्रसाद सुबेदीले जानकारी दिए । अतिरिक्त क्रियाकलापबाट विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न खेलकुद समावेश गरिएको उनले बताए ।

कार्यक्रममा प्रदेश नम्बर १ योजना आयोग सदस्य मिना भण्डारी , इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी उप प्रमुख लक्ष्मी गौतम, प्रदेश नं १ प्राविधिक तथा व्यावसायिक तालिका केन्द्र इटहरीका निर्देशक डा. शिव प्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित