थाइल्याण्डको बेहुली दौड, सडकमा दौडिए ३ सय जना हुनेवाला बेहुली

एजेन्सी / दुनियाँमा अनेक प्रतिस्पर्धाहरू हुन्छन् । त्यस्तै अनौठोमध्ये एक बेहुली दौडने प्रतियोगिता थाइल्याण्डमा हुने गरेको छ । हरेक वर्षझैं योपटक पनि थाइल्याण्डमा हुनेवाला बेहुलीहरूको दौड प्रतियोगिता आयोजना भएको छ ।

राजधानी बैंककमा आइतबार भएको उक्त प्रतियोगितामा ३ सय जना युवतीहरू बेहुली पहिरनमै सजिएर सडकमा दौडिए ।इजी रनिंग अफ ब्राइड्स ८ नामक उक्त प्रतियोगितामा पहिलो हुने महिलाले ३० लाख भाट अर्थात् १ करोडभन्दा धेरै रुपैयाँबराबरको पुरस्कार पाएकी छन् ।

बैंककमा हरेक वर्ष बेहुली पहिरनको दौड हुने गर्दछ । प्रतियोगिता जित्नेलाई लाखौं रुपैयाँको बिहे प्याकेज उपलब्ध गराइन्छ ।रोचक त के भने यो प्रतियोगितामा बेहुलीहरूसँगै उनीहरूका बेहुलाहरू पनि दौडिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित