मुस्ताङ टुर संगै दंग इटहरी पिसजोनका विद्यार्थीहरू (४९ तस्विरहरू)

इटहरी । इटहरी ६ मा रहेको पिसजोन आवासीय माविले कक्षाा ११ का विद्यार्थीहरु मुस्ताङ टुर संगै दंग देखिएका छन् । विद्यार्थीहरु पोखरा, बेनी, तातोपानी, लेते, मार्फा, जोमसोम हुँदै मुक्तिनाथसम्मको यात्राले हिमाल पारीका जिल्ला मनाङ्ग र मुस्ताङ्ग क्षेत्रकाे भ्रमण गरेका थिए ।

विद्यार्थीहरुलाई पढाईमा मात्र नभई समग्र सामाजिक अवस्थाको बारेमा जानकारी गराउने उदेश्यका साथ विद्यालयले विद्यार्थीहरुलाई शैक्षिक भ्रमण लगिएको पिसजोन उच्च माविले जनाएको छ । विद्यालयका भाइस प्रिनिसपल बिनय दाहालका अनुसार पढेर भन्दा पनि आँफैले देखेर बुझेको कुरा चीरस्थायी हुन्छ । यसरी लिएको ज्ञान विस्मरण पनि हुँदैन । जीवनमा भ्रमणबाट प्राप्त गरेका अनुभवहरुलाई अरुसँग बाँड्दा पनि छुट्टै आनन्द पनि आउँदछ । भ्रमणलाई मात्र भ्रमणका रुपमा सिमित नगरि यसलाई उपलब्धीमूलक बनाउन सकेमा मात्रै भ्रमणका लगि गरिएको लगानी अत्यन्तै फलदायी हुने बताए ।

दाहालका अनुसार भ्रमणलाई मनोरञ्जनका रुपमा मात्रै लिइनु हुँदैन । कुनै पनि नयाँ नयाँ स्थानहरुमा पुग्नासाथ आफूलाई रुची लागेको क्षेत्रहरुका बारेमा कुनै पनि ऐतिहासिक वा पुरातात्विक महत्वका क्षेत्रहरुका सन्दर्भमा जानकारी लिने र त्यसका बारेमा टिपोटहरु तयार गर्नका लगि समय दिनु पर्दछ । यसरी तयार गरिएका टिपोटहरुबाट यात्रा संस्मरण वा नियात्रा लेख्न पनि सकिन्छ । नभए यसबाट प्राप्त अनुभवहरुको आधारमा प्रतिवेदन तयार गराउन लगाउने बताए ।

ब्रिटिस काउन्सिलद्वारा स्थापित उक्त एवार्डकाे सम्पूर्ण १२ वटै बिधाहरूमा अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (इन्टरनेशनल स्कुल एवार्ड २०१९-२२) जित्न सफल भएकाे उक्त विद्यालयले विद्यार्थीहरुलाई पढाइ अतिरिक्त क्रियाकलाप गदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित