पूर्वाञ्चल विश्वविद्यालयकाे दिक्षान्त समाराेहकाे अवसरमा प्रधानमन्त्री ओली गोठगाउँ आउँदै

सुन्दरहरैंचा / पूर्वान्चल विश्व विश्वविद्यालय गोठगाउँकाे सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयको नवौं दीक्षान्त समारोहको तयारी तीव्र रूपमा भइरहेको जनाइएकाे छ । दीक्षान्त समारोह यही मंसिर २७ गते गोठगाउँमा भव्य रुपमा हुने भएकोले उद्घघाटनका लागि प्रधानमन्त्री केपि शर्मा अाेली गाेठगाउं अाउने जानकारी गराइएको छ । कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख शिवप्रसाद ढकालले दीक्षान्त समारोहलाई सफलता पूर्वक भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सबै खालका सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।

उनले दीक्षान्त समारोहको अावश्यक सहयोगका लागि भनेर कार्यपालिकाको महत्त्वपूर्ण बैठक समेत विश्वविद्यालयमा गरिएको जानकारी दिए । उनले सो बैठकले विश्वविद्यालय प्रवेश गर्ने गोठगाउँ चोक र चन्द्रनगरको मुख्य बाटोलाई मर्मत गरिने निर्णय गरेको जानकारी दिए । हेलिप्याड निर्माणका लागि ३ ओटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा विश्वविद्यालय प्राङ्गणको समेत निरीक्षण गरि हेलिप्याड निर्माणकाे तयारी गरिएको नगर प्रमुख ढकालले बताए । उनले पियूकाे मुख्य कार्यालय गोठगाउँमा सार्न उपयुक्त भएकोले याे विषयमा लामाे समय देखि प्रक्रिया चलिरहेको हुंदा गोठगाउँमा नै मुख्य कार्यालय सार्न पहलका लागि समेत आजको बैठक विश्वविद्यालय मै आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रमका सभापति तथा विश्व विद्यालयका रजिष्ट्रार प्रमिला थापाले सुन्दरहरैंचा नगरपालिका, सुरक्षा निकाय तथा स्थानीय सङ्घ संस्थाहरूसँग समन्वय गरेर दिक्षान्त समाराेह भव्य र सभ्य रुपमा कसैले नकारात्मक अालाेचना गर्न नमिल्ने गरि सम्पन्न गरिने बताइन् । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको विशेष सहयोग रहेको उनले जानकारी दिदै दिक्षान्त समाराेहलाई सफल बनाउंन सबैकाे साथ सहयाेगकाे जरुरी रहेकाे उल्लेख गरिन ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका उपमेयर धनमाया तामाङ, पियूका पूर्व उपकुलपति बिजु थपलिया, पियू शिक्षा विभागका डीन शम्भु कोइराला, विज्ञान विभागका डीन शुभनारायण पाठक, परीक्षा नियन्त्रक प्रा. डा. सूर्य संग्रौला, सुन्दरहरैंचा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, सुन्दरहरैंचा नगरपालिकाका वडाध्यक्षहरु , कर्मचारी तथा नगरपालिका अासपासमा रहेका विभिन्न सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित