बलबालिकाको आधार्भुत स्वास्थ्य आव्श्यक्तहरु पूरा गर्न निरन्तर निःशुल्क स्वास्थ्य शिविर जारी : डा.बिरेन्द्र कुमार विष्ट

बिराटनगर /  न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाईल्ड हस्पिटलले ६५ औं अन्तराष्ट्रिय बाल दिवस —२०१९ , बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरि भवयताका साथ मनाएको छ । मदर एण्ड चाइल्ड हस्पिटलको मुख्य आयोजना तथा रोटरी क्लब अफ बिराटनगर , डाउन टाउनको सहकार्यमा बिराटनगर महानगरपालिका वडा नं ४ बिराटनगर , स्थित श्री लक्ष्मीनारायण मन्दिर जीयर शैक्षिक संस्थामा अध्यनरत बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

‘आजका बालबालिका भोलीका अभिभावक ’ भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय बाल दिवस मनाइएको छ । कार्यक्रममा बोल्नु हुदैं प्रमुख अतिथि एवम बरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्र कुमार विष्टले , नेपाल सहित विश्वका १९३ राष्ट्रहरूले यो महासन्धिलाई अनुमोदन गरिसकेका र बालबालिकाहरूको आधारभूत स्वास्थ्य आवश्यकताहरु पूरा गरी उनिहरुको निःशुल्क स्वास्थ्य परिक्षण गराउने उद्देश्यले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

यस्तै रेटरी क्लब अफ बिराटगर डाउन टाउनका अध्यक्ष गंगा प्रसाद यादबले न्यूरो हस्पिटलको सहकार्यमा यस किसिमका निःशुल्क स्वास्थ्य परिक्षण आगामि दिनमा समेत गरिने तथा स्टेस्नरि सामान समेत बितरण गरेको बताउनुभयो । हस्पिटलका वरिष्ठ बाल रोग विशेषज्ञ डा सुरेश प्रसाद साह र बरिष्ठ दन्त रोग विशेषज्ञ डा. अमित प्रताप साहले बिद्यालयका बालबालिकाहरु स्वास्थ्य परिक्षण गर्नुभएको थियोे ।

यता , न्यूरो हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भटट्राईले बालबालिका हेतु आयोजना गरिएको स्वास्थ शिविरलाई निरन्तर्ता दिने बताउनुभयो । उहाँले यस किसिमको निःशुल्क स्वास्थ शिविर आयोजनाको मुख्य उद्देश्य नै जनचेतना भएको बताउनुभयो । विशेष गरि बाल रोग सेवा निमित्त जनचेतनाको अभिवृद्धिका लागि यस शिविरलाई निरन्तर्ता दिइने डाइरेक्टर भटट्राईले बताउनुभयो ।

हस्पिटलले यस अघि भानु स्कुल , होलिल्याण्ड स्कुल , कान्तिपूर स्कुल , गौत्म बुद्ध मेमोरीयल स्कुल , देबकोटा स्कुल , मदर टेरेसा स्कुललमा निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गरि बिरामीको निःशुल्क उपचार गरिएको हस्पिटलका कार्यकारी निर्देशक अनिषा विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित