पिस जोनका विद्यार्थीहरूले गरे ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम ( तस्बिरहरू )

इटहरी / सुनसरीकाे इटहरीमा रहेको पिस जोन उच्च माविका विद्यार्थीहरूले ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रमकाे आयोजना गरेका छन् । विद्यार्थीहरू सवारीचालक तथा पैदलयात्रुलाई सवारी नियम र सुरक्षित रहने तरिकाबारे सचेत बनाउँदै दुर्घटना न्यूनीकरण गराउने अभियानमा लागेका हुन् ।

विद्यार्थीले सडकमा ट्राफिक नियम, सडक पार गर्ने स्थान, पैदलयात्रा गर्ने तरिका, सवारी रोक्ने, चढ्ने र झर्ने साइड, बालबालिकाको सुरक्षालगायतका विषयमा चेतनामूलक र्‍यालीकाे आयाेजना गरेका थिए । विद्यार्थीहरुले इटहरी चौक परिक्रमा गदैे ट्रफिक नियम सम्बन्धि जनचेतना मुलक क्रार्यक्रम गरेका हुन् ।

चालक वा पैदलयात्रुको लापरवाहीका कारण दुर्घटना हुने र अकालमा मृत्यु हुने भएकाले यस विषयमा सबैलाई जागरूक र जिम्मेवार बनाउन आफुहरू अग्रसर भएको विद्यार्थीहरुकाे भनाइ छ । विद्यालयका भाईस प्रिन्सिपल विनय दाहालले विद्यार्थीहरुलाई सामाजिक रुपमा अगाडी बढाउन यस्ता कार्यक्रम गरेको बताए । सचेतना फैलाउने, सूचना प्रवाह गर्नेजस्ता कार्यमा विद्यार्थीको महत्वपूर्ण भूमिका हुने भएकाले आफुहरूले सचेतना अभियानमा विद्यार्थीहरुलाई सहभागी गराउदै आएको दाहाल बताएका छन् । पिसजोनका विद्यार्थीहरुले यस अघि पनि यस्ता सामाजिक कार्य गदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित