एनसेलद्वारा ३१ सुपर सेलरलाई पुरस्कार वितरण

झापा / एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत झापा र इलामका गरी ३१ पोइन्ट अफ सेल्स् (पिओएस)÷खुद्रा बिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । बिहीवार एक कार्यक्रम माझ खुद्रा विक्रेताहरुले सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ्ग मसिन पाएका छन् । योजनाको प्लाटिनम समुह अन्तर्गत झापाको न्यु जनता ट्रेडर्स, गोल्ड समुह अन्तर्गत झापाका राजेश किराना, श्रेष्ठ सञ्चार सेवा, झापा मोबाइल सेन्टर, न्यु मोर्डन कस्मेटीक र शिव बाबा ट्रेडर्स लगायतका १२ खुद्रा बिक्रेताहरुले २४ क्यारेटको १—१ तोला पुरस्कार पाएका छन् ।

सिल्भर समुह अन्तर्गत झापाका अनित बुक्स एन्ड स्टेसनरी, श्रेष्ठ किराना, बालाजी कोल्ड सेन्टर, मोनिका मोबाइल एन्ड कम्युनिकेसन र इलामको सचित स्टोर गरी पाँच खुद्रा बिक्रेताहरुले १—१ थान ल्यापटप जितेका छन् । सोही समुह अन्तर्गत नै झापाका दुर्गा किराना पसल, निरौला किराना, जनता टेलिफोन सेवा, मनोज ईलेक्ट्रोनिक्स् र शिवम किराना लगायत ११ खुद्रा बिक्रेताहरुले माउन्टेन बाईक साइकल जित्न सफल भएका छन् । त्यसै गरी सिल्भर समुह अन्तर्गत नै झापाका पेमा किराना र दिप्ती कम्युनिकेसनले वासिङ्ग मसिन जितेका छन् ।

यस योजना अन्तर्गत यी ३१ खुद्रा बिक्रेताहरुलाई एनसेलका प्रतिनिधीहरुले बिर्तामोडमा आयोजित एक विषेश कार्यक्रम माझ पुरस्कार हस्तान्तरण गरेका थिए । एनसेलले आफ्नो यस योजना अन्तर्गत पुरस्कार जित्न योग्य देशभरीका खुद्रा बिक्रेताहरुलाई पुरस्कार हस्तान्तरण गर्नेछ । यस योजना अन्तर्गत पुरस्कार पाउन सफल खुद्रा बिक्रेताहरुले आफुहरु खुसी भएको र योजनाले उत्साह प्रदान गरेको बताए । यसअघि सोमबार एनसेलले काठमाडौं र ललितपुरका आफ्ना १४ सुपर सेलरहरुलाई पुरस्कार वितरण गरेको थियो ।

एनसेलले आफ्ना देशभरी रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजना गत २०७५ चैत्र १ देखि लागु भएको थियो र यो योजना पुष २०७६ सम्म संचालनमा रहनेछ । यस योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्दछ ।

यस योजना अन्तर्गत खुद्रा बिक्रेताहरुले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समुह मध्य कुनै एक समुहमा आफुलाई सहभागी गराई आकर्षक बम्पर उपहार जस्तै कार, युरोप टुर प्याकेज र आइफोन जित्न सक्नेछन् । बम्पर उपहार बाहेक खुद्रा बिक्रेताहरुले निश्चित अंक संकलन गरेपछि बाईक, स्कुटर, ५५ ईन्चको स्मार्ट टिभी, एअर कन्डिसनर, आईप्याड, ईलेक्ट्रिक ट्रेडमिल, वासिङ्ग मशिन र ल्यापटप लगायतका विभिन्न उपहारहरु जित्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित