भारतीय हस्तक्षेप बिरुद्द पिसजोनका विद्यार्थीहरूकाे विरोध र्यालि

इटहरी / लिपुलेक र कालापानीलगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा पिसजोन आवासीय मावि इटहरीका विद्यार्थीहरू विरोध र्यालिमा सहभागि भएका छन् ।  विहिवार सुनसरीको इटहरीमा नागरीका समजा इटहरीकाे आयोजनामा भएकाे र्यालिमा विद्यार्थीले पनि सहभागिता जनाएका हुन । अध्ययनका साथै राष्ट्रकाे रक्षामा गर्न पनि विद्यार्थिकाे महत्वपुर्ण भुमिका हुने भएकाले र्यालि सहभागि गराइएकाे बिध्यालयका भाइस प्रिन्सिपल बिनय दाहालले बताए ।

इटहरीबाट निश्किएको र्यालीले विराटनगर लाइनको दीपेन्द्र चौक हुदै मुख्य बजार क्षेत्र परिक्रमा गरेको थियो ।र्यालीमा भारतले हेपामा प्रवृति अन्त्य गर, असल छिमेकीको व्यवहार देखाउ, मिचिएको नेपाली भुमि तुरुन्त फिर्ता गर भन्ने नारा लगाईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित