नारीका कस्ता स्वभावले बिग्रन्छ घर परिवार थाहापाइराख्नुहाेस

नारी भनेको कुनैपनि घरको सौभाग्य हो । असल नारी घरमा छिन् भने त्यो घर स्वर्गसमान हुन्छ । तर, दुष्ट नारी भएको घर सँधै झगडाको अखडा बन्छ । धर्मशास्त्र अनुसार पनि असल स्वभावकी श्रीमती भएको घरमा सँधै शान्ती मिल्छ ।तर, कतिपय नारीहरुको स्वभाव यस्तो हुन्छ, जसका कारण एक अर्काको जीवन नर्क बनाइरहेको हुन्छ । यसो भन्दैमा पुरुष चाहिं खराव हुँदैनन भन्ने होइन तर, आज हामीले यहाँ चर्चा गर्न खोजेको विषय नारीको हो ।

नमिठो बोल्ने :

भनिन्छ वचनको वाण निकै घातक हुन्छ । चर्को स्वरले सम्बन्ध विगार्न सक्छ । त्यसैले मीठो र भद्र वचन बोल्ने महिला सौभाग्यवती मानिन्छन् ।

पैसाका लागि जे गर्न पनी तयार हुने :

श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले पनि हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन् । जसले प्रेम, समर्पण तथा बफादारितालाई खरानी बनाउन्छ र जीवन नै उदास बनाइदिन्छ ।

हस्तक्षेपकारी भूमीका :

केही महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न खोज्छन् । त्यो गलत हो त्यस्तो कार्यले पनि पुरुषको जीवन बरबाद बनाउन सक्छ ।

रुञ्चे :

सामान्य कुरामा पनि रुने स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् ।

श्रीमानलाई आफ्नोमात्रै ठान्ने :

यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन नै बरबाद बनाइरहेका हुन्छन् । महिलाहरुको त्यही स्वभावका कारण हरेक पुरुष आफ्ना बाबु, आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट नचाहेरै पनि टाढा हुन बाध्य हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित