अभिनेता ऋतिक रोशन लाई मन पराएकै कारण श्रीमतीको हत्या

अमेरिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गर्दै आत्महत्या गरेका छन् । बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण ती व्यक्तिले श्रीमती हत्या गरेको न्यु योर्क पोस्टले जनाएको छ ।

३३ वर्षका दिनेश्वर बुद्धिदत्तले श्रीमती २७ वर्षकी डोनी डाजोयको हत्या गरेका हुन् । श्रीमतीलाई धारिलो छुराको प्रहारबाट हत्या गरेपछि बुद्धिदत्तले श्रीमती डोजोेयको बहिनीलाई आफूले डाजोयको हत्या गरेको म्यासेजमा बताएका थिए ।

त्यसपछि उनी आफैंले झुन्डिएर आत्महत्या गरेका थिए । बलिउड अभिनेता ऋतिक रोशन मन पराउने डोजोय र बुद्धिदत्तबीच सोही विषयमा विभिन्न समयमा विवादसमेत भएको जनाइएको छ । उनीहरुको विवाद प्रहरीसम्म पनि पुगेको थियो ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित