हङकङमा एक जनाले आन्दोलनकारीको कान टकिदिए पछि . . .

हङकङ । हङकङमा लोकतन्त्र पक्षधरको आन्दोलनका क्रममा एक समूहले चक्कु प्रहार गर्दा पाँच जना घाइते भएका छन् । सो आक्रमण आइतबार टाइ कू जिल्लाको सिटी प्लाजामा भएको थियो ।

स्थानीय अस्पतालले जनाएअनुसार चार पुरुष र एक महिला सो घटनामा घाइते भएका छन् । अधिकारीहरुका अनुसार दुईजनाको अवस्था चिन्ताजनक रहेको छ । घाइते एक जना स्थानीय काउन्सिलरको कान समेत एक जना पुरुषले टोकिदिएको छ । कान टोक्ने व्यक्ति आन्दोलन विरोधी र बेइजिङ्ग समर्थित भएको स्थानीयले आरोप लगाएका छन् ।

घाइते व्यक्ति स्थानीय सिटी मल नजिकै हिंड्दै गर्दा उनीमाथि आक्रमण भएको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार मन्दारिन भाषा बोल्ने आक्रमणकारीले राजनीतिक बहस भइरहेको स्थानमा चक्कु झिकेका थिए । सो आक्रमणकारीलाई स्थानीयले कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
स्थानीय बासिन्दाले आक्रमणकारी बेइजिङ्ग समर्थित भएको आरोप लगाएका छन् । हङकङमा विगत ५ महिनादेखि आन्दोलन चलिरहेको छ । (बीबीसी)

प्रतिक्रिया

सम्बन्धित