डा. विष्टको अध्यक्षतामा न्यूरोलोजि सम्बन्धी अन्तराष्ट्रिय बैठक सम्पन्न : डा. विष्ट सम्मानित

बिराटनगर / अष्ट्रेलियाको मेलबर्नमा अन्तराष्ट्रिय न्यूरो साइन्स र न्यूरोलोजि सम्बन्धी बार्षिक बैठक सम्पन्न भएको छ । बायोलिगसद्वारा आयोजित उक्त दुइ दिने बैठक ,नेपालको वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्रकुमार विष्टको अध्यक्षतामा सम्पन्न भएको छ । भारत , अमेरिका , अष्ट्रेलिया , स्विडेन लगायतका देशका वरिष्ठ न्यूरोलोजिस्ट डाक्टरहरु सो बैठकमा उपस्थित थिए । न्यूरोलोजी सम्बन्धी रोगहरुको अनुसन्धान तथा निराकरणको मुख्य उद्देश्य सहित सो अन्तराष्ट्रिय बैठक आयोजना भएको थियो ।

यस्तै सो बैठकमा नेपालको प्रतिष्ठित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालीटि हस्पिटलका वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्र कुमार विष्टले उपस्थित देश विदेशका चिकित्सकहरुलाई बिभिन्न पक्षघातमा रक्तचापको उचित तालमेल सम्बन्धी प्रस्तुतिकरण दिनुभएको थियो । सो अवसरमा बायोलिगसका प्रमुख कार्यकारी निर्देशक रुद्र भानु सत्पाथिले डा. विष्टलाई प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित