आफ्नै आमाका लागि दुलहा खोज्दै यी युवती

आमा–बुवाले आफ्ना सन्तानको विवाहका लागि पत्रपत्रिकामा विज्ञापन दिने चलन नेपालमा पनि बढेको छ । भारतमा यस्ता विज्ञापन मेट्रोमोनियलमा दिने गरिन्छ । यसबारे हामीमध्ये धेरैलाई थाहा छ । तर यहाँ एउटा ट्वीस्ट छ, त्यसकारण त यो खबर रोचक भयो ।

भारतमा एक छोरीले आफ्नी आमाका लागि दुलहाको खोजी गरिरहेकी छिन् । परिवर्तित समाजमा उनको यो कदमलाई जताततै प्रशंसा गरिँदै छ । यसैकारण छोरीले गरेको ट्वीट तीब्र रुपमा भाइरल भइरहेको छ । आस्था वर्मा नामकी युवतीले ट्वीटरमा आफ्नो र आमाको तस्बिर सेयर गर्दै लेखिन्, ‘आफ्नी आमाका लागि ५० वर्षका ह्यान्डसम व्यक्तिको खोजीमा छु । उनी शाकाहारी, मद्यपान नगर्ने र राम्रो तरिकाले स्थापित हुनुपर्छ ।’

आस्था आफ्नी आमाका लागि यस्तो दुलहाको खोजीमा छिन् जो हेर्दा ह्यान्डस हुनुपर्छ र उमेर ५० वर्षको हाराहारीमा हुनुपर्छ । आस्थाको यो ट्वीट अहिलेसम्म ६ हजार बढीले रिट्वीट गरेका छन् र यसमा २९ हजार बढी लाइक आइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित