बुद्धशान्तिका नवयुवाद्वारा नयाँ काम थालनी : फुड ट्रक होटल

झापा / एउटा चिटिक्क परेको फुलबढी गाडी, त्यसभित्र एककुनामा कफी बनाउने आधुनिक मेशीन, अर्कोकुनामा चिसो पेयपदार्थको रेफ्रिजिरेटर, एकापट्टिको भित्तापट्टि खानेकुराका परिकार बनाउने टेबल, टेबलमा सफा भाँडाहरु, अर्को टेबलमा प्लेट चम्चा, गिलासहरु देखिन्छन् । दुई नवयुवाहरु चाउमिन, फ्रेन्च फ्राई, म म, पकउडा, चप, फ्राइड राईस पकाईरहेका, कफी मेशीनमा कफी बनाईरहेका र गाडीबाहिर झुम्मिएका ग्राहकहरुलाई खानेकुरा पस्किरहेका देखिन्छन् । यो दृष्य हो बुद्धशान्तिका दुई नवयुवाहरुले थालेको नयाँ किसिमको व्यबसाय । जसलाई उनीहरुले ‘द फुड ट्रक हंक’ नाम दिएका छन् । यी नवयुवाहरु हुन् बुद्धशान्ति गाउँपालिका वडा नंं. ३ का लावाङ मोक्तान तामाङ र पुकार थिङ तामाङ ।

प्लस टु तहमा होटल म्यानेजमेन्ट पढिसकेपछि लावाङले मोरिससबाट र पुकारले चीनबाट होटल म्यानेजमेन्ट मै थप उच्चशिक्षा पढेर आएको लावाङ र पुकारले बताए । आपूmले स्वदेश र विदेशमा हासिल गरेका शिक्षाका माध्यमबाट स्वदेशमै केही गर्ने प्रेरणाले फुड ट्रक होटल व्यबसाय थालनी गरेको उनीहरुले बताए ।

फुड ट्रक होटल व्यबसायको कार्तिक १३ गते बुधबारका दिन बुद्धशान्तिको बुधबारे मुख्यचोकमा उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बुद्धशान्तिका युवाहरुले नयाँ किसिमको कामको थालनी गरि नयाँ सन्देश दिएको बताए । कतिपय युवाहरु रोजगारीका उपायहरु पहिल्याउन नसक्दा बेरोजगार बनिरहेका अवस्थामा फुड ट्रक होटल व्यबसाय सुरु हुनुले युवाहरुमा नयाँ किसिमका रोजगार पहिल्याउन सन्देश दिने बताए । प्रमुख अतिथि भुजेलले बुद्धशान्ति धेरै आयामहरुमा देशकै ऐतिहासिक महत्वको रहेको सन्दर्भ जोड्दै फुड ट्रक होटल व्यबसाय पनि नौलो किसिमको काम भएको बताए ।

बुद्धशान्ति तथा प्रदेश नं. १ मै यस किसिमको काम पहिलो रहेको बताए । कार्यक्रमका अतिथिहरु समाजसेवी मनोरथ तिवारी, आलोक कार्की, कमल नयन महाराज, लोकबहादुर माझी, भक्तबहादुर ग्लान, साहित्यकार टंक काप्mले विकल्पले मन्तव्य राखेका थिए । युवाहरुद्वारा नवीन किसिमको रचनात्मक तथा सिर्जनात्मक व्यबसायको परिकल्पना हुनु समाजकै लागि महत्वपूर्ण रहेको भाव अतिथिहरुले व्यक्त गरेका छन् । धेरै युवाहरुले विदेशमा दुःख पाईरहेका छन्, स्वदेशमै पनि कैयन युवाहरु काम विहीन भई भौँतारिरहेका, कुलतमा समेत फँसेका छन् । बुद्धशान्तिका युवाको यस थालनीले अन्य युवाहरुलाई रोजगारी पहिचान गर्न सन्देश दिएको पनि अतिथिहरुले बताएका छन् ।

व्यबसाय दर्ता गरी पान नं. लिएर शुरु गरेको फुड ट्रक होटल व्यबसायका लागि व्यबसायीद्वय लावाङका अभिभावक रुद्र मोक्तान तामाङ, देवीमाया तामाङ र पुकारका अभिभावक मेनबहादुर थिङ तामाङ, स्वरस्वती तामाङले आप्mना सन्तानहरुले आप्mनै ठाउँमा केही गरुन् भन्ने उद्देश्यले पन्ध्रलाख रुपैयाँसम्मको संयुक्त लगानी गरेको बताए । बेरोजगारीको समस्या हलगर्न युवाहरुले परिकल्पना गरेका यस्ता नौला इलम, व्यबसायहरुलाई सरकारले आप्mनो नीति, नियम तथा कार्यक्रमहरुमा समेट्नु पर्ने, प्रोत्साहन गर्नुपर्ने विचार उनीहरुले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित