विराट मेडिकल कलेजमा स्तन क्यान्सर बिरुद्धको जनचेतना कार्यक्रम

विराटनगर / विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले  स्तन क्यान्सर बिरुद्धको जनचेतना कार्यक्रम आयोजना गरेकाे छ । अक्टोबर महिनालाई विश्वभर स्तन क्यान्सर बिरुद्धको जनचेतना महिनाको रुपमा मनाउने भएकाले विराट मेडिकल कलेज पनि साे कार्यक्रम आयोजना गरेकाे हाे । विराट मेडिकल कलेजले प्रदेश नम्बर १ का मोरंग र सुनसरी जिल्लामा रहेका स्वास्थ्य स्वम्यसेविकाहरुकाे निशुल्क स्तन क्यान्सर परिक्षणका साथै उनिहरुको शिप अभिवृद्धिको लागि स्वयम् स्तन परिक्षण बिधि सम्बन्धि तालिमको आयोजना गरेको थियाे ।

विराट मेडिकल कलेज शिक्षण अस्पतालका कम्युनिटी फिजिसियन असिस्टेन्ट प्रोफेसर डा। सूर्य पराजुलीले स्तन क्यान्सरको अहिलेको अवस्था, सम्भावित कारणहरु, लक्षण तथा चिन्हहरु र हुनसक्ने जोखिमको बारेमा तालिममा सहजीकरण गरेका थिए । यसै गरि वरिष्ठ प्याथोलोजिस्ट असोसिएट प्रोफेसर डा। सन्तोष उपाध्याय काफ्लेले स्तन क्यान्सरको जाँच गर्ने बिभिन्न बिधिहरुको बारेमा प्रष्ठ पारे। साथै रिष्ठ क्यान्सर रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डा। सुलभ सापकोटाले क्यान्सरको उपचार बिधि, स्वयम् स्तन परिक्षण विधिको बारे स्वास्थ्य स्वम्यसेविकाहरुलाइ जानकरी दिए ।

स्तन क्यान्सर समयमै पहिचान गर्ने सके यसबाट हुने मृत्युलाई अत्यन्त न्यून गर्न सकिन्छ। उपचार पद्धतिमा भएको नविनतम उपलब्धि र उपचार उपलब्धता भए पनि मानिसहरु उपचार केन्द्र सम्म नआउनु स्तन क्यान्सर रोकथाम तथा उपचारमा एउटा चुनौती हो। कैयौ स्तन क्यान्सर भएका मानिसहरु बिभिन्न कारणले अझै पनि समुदायमा लुकेर रहेका छन् र यहि चुनौतीलाई केहि हदसम्म कम गर्न कार्यक्रमको आयोजना गरिएको डा। पराजुलीले बताए। महिला स्वास्थ्य स्वयमसेविकाले बिगतमा नेपालको स्वास्थ्य जनचेतना अभिवृद्धिमा गरेको योगदान लाई हेर्दा आजको कार्यक्रमले केहि सहयोग पुर्याउने छ। उहाहरुले स्वयम् स्तन परिक्षण बिधि बारे प्राप्त गरेको आजको तालिमले गाउघरमा लुकेर बसेका स्तन क्यान्सरका बिरामी पहिचानमा केहि सहयोग पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित