मादीमा १० दिने मण्टेस्वरी तालिम सम्पन्न

मादी / मादी नगरपालिकामा दश दिने मन्टेश्वरी तालिम सम्पनन भएको छ । मादी नगरपालिकाको आयोजना तथा नेपाल करियर ट्रेनिङ फाउण्डेशन काठमाण्डौको सहयोगमा तालिम सम्पन्न भएको हो । मादी नगरपालिका भित्रका विद्यालयका बाल शिक्षिकाहरुलाई असोज २८ गते देखि तालिम दिइएको थियो । तालिममा २८ जना बाल सहयोगी शिक्षिकाहरुको उपस्थिति रहेको थियो । तालिममा करियर फाउण्डेसनका शाखा निर्देशक डिल्लिराम निरौला र प्रशिक्षक पुजा व्यनर्जिले सहजीकरण गरेका थिए ।

तालिममा कक्षाकोठा व्यवस्थापन, विषयगत सिकाई, सामाग्री निर्माण, वालगितहरु, जीवन सीप तथा आर्ट तथा क्राफ्ट जस्ता विषयमा तालिम दिएको थियो । तालिम अत्यन्तै प्रभावकारी, व्यवहारिक र सीपमुलक रहेको तालिममा सहभागी कुसुम कुमारी पाण्डेले बताईन् । त्यस्तै तालिमबाट सिकेका कुरा कक्षाकोठामा प्रयोग गरि पढाउँदा शिक्षण सिकाई अत्यन्तै प्रभावकारी हुने रिना श्रेष्ठले बताइन् ।
प्रशिक्षक पुजा व्यनर्जिले दुर्गम क्षेत्र भएर पनि शिक्षिकाहरुको अत्यन्तै उत्साहपुर्वक तालिममा सहभागी भएका र उनिहरुको सिकाई सीप तथा क्षमतामा अभिवृद्धी भएको बताईन् ।

त्यस्तै शाखा निर्देशक डिल्लिराम निरौलाले देशका सातै वटा प्रदेशका ४० वटा भन्दा बढी जिल्लामा यस्तो मण्टेस्वरी तालिम सञ्चालन भएको जानकारी दिए । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न उक्त तालिम महत्वपुर्ण रहेको निरौलाले नागरिक चासोलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित