श्रीमतीको शव बोकेर घर फर्कदै गर्दा श्रीमानको पनि मृत्यु

सिरहा / सिरहाको कर्जनाह नगरपालिका ७ की ६० वर्षीया गंगादेवी मृटु सम्बन्धि रोगको बिरामी थिइन् । बिरामी श्रीमतीलाई उपचारको लागि एम्बुलेस मार्फत उनका श्रीमान सोभित साहले काठमाडौंको गंगालाल अस्पताल पुर्याएका थिए । गंगादेवीलाई अस्पताल पुर्याउँदासम्म उनको मृत्यु भइसकेको अस्पतालले जनाएपछि सोभितले सोही एम्बुलेन्समा शव घर फर्काउदै थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोभितसहित ६ जना चढेको एम्बुलेन्स मंगलबार बिहान विपी राजमार्गको नमोबुद्ध नगरपालिका ५ लासकोटमा दुर्घटना भएको छ । दुर्घटनामा एम्बुलेन्समा सवार ६ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका साहलाई थप उपचारको लागि अन्नपूर्ण न्योरो अस्पताल काठमाडौं लगिएको थियो । उनको उपचारको क्रममा मंगलबार दिउँसो मृ त्यु भएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरूको भने धुलिखेल अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक देवराज श्रेष्ठलाई भने उपचारपछि जिल्ला प्रहरी कार्यालय काभ्रेमा अनुसन्धानको लागि राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित