इटहरीमा तीन दिने नि : शुल्क राेबाेटिक तालिम सुरू
इटहरी / इटहरीमा तीन दिने निशुल्क राेबाेटिक तालिम सुरू भएकाे छ । क्यान सुनसरीकाे अायाेजना तथा टिम फ्यूजन इटहरीकाे सहकार्यमा इटहरी स्थित काेशी सेन्ट जेम्स कलेजमा कायर्यक्रम सुरू भएकाे हाे ।
तालिममा १५ बिद्यालय तथा कलेजका ५० जाना सहभागी भएका छन् । कार्यक्रमकाे उद्घाटन गर्दै क्यान प्रदेश १ का अध्यक्ष भब कृष्ण तिम्सिनाले अबकाे यूग भनेकाे राेबटिक युग भएकाे र यसकाे राम्राे सम्भाबना रहेकाे बताए । उद्घाटन कायर्यक्रममा बाेल्दै क्यान सुनसरीका अध्यक्ष बिशाल बास्ताेलाले यस्ता खालका तालिमले बिद्यार्थीकाे कलाकाैशल बृदी हुने कुरामा जाेड दिए । कार्यक्रममा क्यान सुनसरी अध्यक्ष बास्ताेला लगायत कार्यसमिती सदस्यहरू, बिद्यालय तथा कलेजका प्रतिनिधीहरूकाे उपस्थिती रहेकाे थियाे ।
तालिमका प्रतियाेगीहरूले क्यान सुनसरीकाे अायाेजनामा यही कार्तिक १४ गते हुने क्यान फ्यूजन व्याटल फर स्पिड नामक राेबाेटिक प्रतियाेगितामा सहभागी हुन पाउने क्यान सुनसरीले जनाएकाे छ । प्रतियोगितामा ६ रोबोट सञ्चालक सहित कुल २५ विद्यार्थीहरुले सहभागीता जनाउने छन् । प्रतियोगितामा एक टोलीले अर्काे टाेली सँग प्रतिष्पर्धा गर्नेछन् । प्रदेश नं. १ मा पहिलाे पल्ट भनेर दाबी गरिएकाे उक्त राेबाेटिक प्रतियाेगिताकाे बिजयीले नगद रूपैया १५००० पाउनेछन् ।
प्रतिक्रिया