कम्बोडियाका क्याफेमा चियासँगै अजिंगर

एजेन्सी । क्याफेमा चियाकफीसँगै आफूलाई मनपर्ने खाजा अर्डर गरिन्छ । तर कम्बोडियामा एउटा अनौंठो क्याफे छ । जहाँ चिया कफी सँगै अजिंगर टक्र्याइन्छ ।कम्बोडियाको राजधानी नोम्पेन्हमा यस्तो अनौठो क्याफे छ ।

यो क्याफेभित्र छिर्दा कुनै चिडियाखानामा छिरेको अनुभुति हुक्छ । टेबलमा कुदिरहेका गंगटा तथा पाहुनाको काँधमा घिसारिने गोहीलगायतका दृश्य देखिन्छ ।

सुरुमा ग्राहक अजिंगर देखेर निकै डराउने गरेको तर विस्तारै उनीहरुले सहजता महसुस गर्न थालेको क्याफे सञ्चालकको भनाई छ । अहिले त ग्राहकले चियाकफीको चुस्कीसँगै अजिंगरसँग सेल्फी पनि लिन्छन् । सर्पको थिममा आधारित यस क्याफेका मालिक ची रेटीका अनुसार धेरै मानिसहरु सर्प तथा छेपारोलाई सत्रु ठान्छन् । यसैले उनीहरुको मनबाट डर भगाउने यो सबैभन्दा राम्रो तरिका हो । तर अजिंगरका कारण केही मानिसहरु डराएर अहिलेपनि क्याफेमा छिर्दैनन् ।

प्रतिक्रिया

सम्बन्धित