त्रियुगा नगरपालिकाका निजी विद्यालयहरु सामाजिक सुरक्षा कोषमा सहभागी नहुने

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिकाका निजी विद्यालयहरु सामाजिक सुरक्षा कोषमा दर्ता नहुने निर्णय गरेको छ । त्रियुगा नगर समितिका प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै सामाजिक सुरक्षा कोषमा दर्ता नहुने अवगत गराएका छन् ।

सामाजिक सुरक्षा कोषको अवधाराणा राम्रो हुँदाहुँदै पनि सामाजिक सुरक्षा ऐनका केही प्राबधानहरुले संस्थागत विद्यालयहरुको समस्यालाई सम्बोधन गर्न नसकेको त्रियुगा नगर प्याब्सनका अध्यक्ष लक्ष्य जंग ज्यू ठकुरी र एनप्याब्सनका अध्यक्ष सुमन कुमार चौधरीद्वारा जारी विज्ञप्तीमा जनाएको छ । विज्ञप्तीमा राज्यले निर्धारण गरेको व्यवस्था स्वीकार्नु, राज्यको कानुन मान्नु सवैको दायित्व हो तर, संघिय संरचनामा राज्य व्यवस्था पाइला चाल्दै गर्दा आफ्नै नियम कानुन राज्इ आफैले नमानेको, कानुन तथा नियमको प्रयोगमा दुविधा रहेको अवस्थामा एक्कासी सरोकार पक्षहरुका समस्या पहिचान नगरी, आवश्यक अन्तरक्रिया र छलफल नगरी केवल २० प्रतिशत सक्षम निजी विद्यालयहरुको आर्थिक, प्रशासनिक र भौतिक स्थितिको अध्ययनमा निजी विद्यालयहरुको केन्द्रिय कार्यसमितिको दुविधायुक्त निर्णयको परिस्थिति बाबजुत ठोस विकल्प नखोजी गरेको निर्णयको विरोध गरेको छ ।

त्रियुगा नगरपालिका अन्तर्गत गठित प्याब्सन नगर समिति र एन प्याब्सन नगर समिति यस व्यवस्थाको घोर भत्र्सना गर्दै अविलम्ब केन्द्रिय कार्य समिति, प्रादेशिक कार्य समिति, जिल्ला कार्य समिति र स्थानीय कार्य समितिहरुलाई यस कार्यको विपक्षमा उभिन आव्हान गर्दै सरोकार पक्षलाई आवश्यक छलफल गरि उचित निर्णय लिन आग्रह गर्दछौं । अर्को कुनै विकल्प नआउन्जेल सवै निजी विद्यालयहरुलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत नहुन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित