न्यूरोमा भव्यताका साथ यसरी मनाइयाे विश्व मुटु दिवश

न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले भव्यताका साथ विशव मुटु दिवस मनाएको छ । पुर्वी भेग मै मुटु रोगको उपचारको लागी पहिलो पटक निजि स्तरबाट क्याथल्याव शुरु गरेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलले विभिन्न कार्यक्रमहरु गरी विश्व मुटु दिवस मनाएको छ । यस्तै विश्व मुटु दिवशको अवसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मुटु रोग सम्बन्धि सचेतना गराउने उद्देश्य सहित यस न्यूरो हस्पिटलले सचेतनातमक ¥याली निकाली भव्यताका साथ विश्व मुटु दिवस मनाएको छ ।

विहान ८ः०० वजे हस्पिटल परिसरबाट शुरु भएको ¥याली ४ किमी यात्रा तय गरि पुनः अस्पताल परिसारमा सम्पन्न भएको थियो । अपरेशनल डाइरेक्टर राजेश भटट्राई , वरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा निकेश राजश्रेष्ठ , मुटु रोग विशेषज्ञ डा. राजिव श्रेष्ठ लगायतका स्वास्थ्यकर्मी एवम चिकित्सकको उपस्थित रहेको थियो भने नेपाल हृदयघात निवार्ण प्रतिष्ठाणका पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो ।

यस्तै अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्ट्राइले विशव मुटु दिवसको अवसर पारेर मुटु रोगि बिरामीहरुका लागि २०७६— ०६—०९ देखी २०७६—०६—१५ गते सम्म विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउनुभयो । साताव्यापी मुटुरोग सम्बन्धी सचेतनातमक कार्यक्रम अन्तर्गत एक हप्ते निःशुल्क ओपिडि सेवा , कोरोनरी एन्जियोग्राफीको परिक्षणमा १५ प्रतिशत छुटको व्यवस्था , मुटुको एन्जियोप्लास्टीमा (नेपाली नागरिक हरुका लागि मात्र) रु एक लाखको छुटको व्यवस्थातथाअन्य सबै प्रकारका जाँचमा २५ प्रतिशत छुटको व्यवस्थागरिएको समेत जानकारी गराउनुभयो ।

न्यूरो अस्पतालले विशेषज्ञ चिकित्सक सहित अत्याधनिक क्याथल्याब सेवा संचालनमा ल्याएपछि पुर्वी भेगमा मात्र नभई छिमेकी मुलुक भारत को बिहार तथा बंगाल प्रान्तका मानिसले समेत एन्जियोग्राफी, एन्जियोप्लाष्टी, पेसमेकर प्रत्यारोपनको लागी अन्यत्र जानु पर्ने बाध्यताको अन्त्य भएको अस्पतालका बरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निेकश राज श्रेष्ठले बताउनुभयो ।

यसपटक अस्पतालले राउण्ड टेबल नेपाल , मोरङ व्यापार संघ , विराट व्यापाार संघ , प्याबसन मोरङ लगायतका आधा दर्जन बढी संघ संस्थाका पदाधिकारीहरुलाई मुटु सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरि सचेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित