सुकुना मा. वि. कक्षा ११ काे परिक्षामा वाेड फस्ट

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १० मा रहेको सुकुना माध्यमिक विद्यालयले हालै प्रकाशित कक्षा ११ को विज्ञान तथा सिभिल इन्जिनियरिङ तर्फकाे नतिजानमा आफ्नो दुई विद्यार्थीहरुले नेपालकै उत्कृष्ट नतिजा ल्याएर वाेड फस्ट भएको दावी गरेको छ । राष्ट्रिय परिक्षा बोर्डको परिक्षामा सुकुना माध्यमिक विद्यालयले विज्ञान तर्फ सन्देश गिरी तथा विशाल विमलीले ३.९३ जिपिए तथा विधन विमलीले ३.९० सहित देशभरकै सर्वोतकृष्ट नतिजा ल्याएकाे दाबी गरेको विद्यालयले पत्रकार सम्मेलनकाे अायाेजना गरि जानकारी गराएकाे छ ।

देशकै उत्कृष्ट नतिजा ल्याएको आफुहरुको दाबी रहेको तर राष्ट्यि परिक्षा बोर्डबाट पुष्टि हुन बाँकी भएको बिधालयका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले बताए । सुकुना माध्यमिक विद्यालयले २०७६को कक्षा १२ को नतिजामा सामुदायिक विधालय तर्फ देशभरी बाट वाेड सेकेन्ड भएर नेपाल सरकारबाट शिक्षा दिवसकाे अवसरमा राष्ट्रिय ध्वजा, शिल्ड, कदरपत्र तथा नगद रु २ लाख सहित सम्मानित भएको विद्यालयका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए ।

सुकुना माध्यमिक विद्यालयले कक्षा ११ को परिक्षामा सामेल १२९ जना विद्याथीहरु मध्ये १५ जनाले ३.६ भन्दा माथी, ३२ जनाले ३.२ भन्दा माथि, ५८ जनाले २.८ भन्दा माथि,२२ जनाले २.४ भन्दा माथिकाे जिपिए ल्याएर शत प्रतिशत उत्तीर्ण हुन सफल भएको विधालयले जनाएकाे छ । वि स २०२९ सालमा स्थापना भएको २३ सय विधार्थीहरुकाे साथमा ७९ जाना शिक्षक रहेकाे सुकुना मा. वि .नेपाल सरकारबाट नमुना विधालय विकास कार्यक्रम अन्तर्गत छनाेट भई बहुबर्षिय कार्यक्रम अन्तर्गत कार्य याेजना बनाइ विभिन्न कार्यक्रमहरु समेत भै रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित