मध्यरातमा मदहोस इटहरी, तेस्रोलिंगीहरुको ‘यौन धन्दा’ !

इटहरी / सोमबार राती इटहरीस्थित पश्चिम लाईनमा अश्लील गतिबिधि गरेको आरोपमा तिनजना तेस्रोलिंगी पक्राउ परे । राती १० बजे इटहरीका डिएसपी धर्मराज भण्डारीको गस्ती टोलीले नै उनिहरुलाई नियन्त्रणमा लिएको थियो । छोटा छोटा कपडा लगाएर सबारी साधनका चालक तथा यात्रुलाई जबजस्ती गाडी रोक्ने र अश्लील गतिबिधि गरेको आरोपमा उनिहरुलाई नियन्त्रणमा लिइएको थियो । पछि आबश्यक अनुसन्धानका लागी उनिहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइयो ।

यसरी रातको समयमा तेस्रोलिंगीहरु सडकमा हिड्ने यात्रु र सबारी चालकहरुलाई जिस्काउने र अप्राकृतिक यौन सम्बन्ध राख्ने गरेका छन् । उनिहरुका यस्ता गतिबिधि इटहरीमा नौलो भने हैन । तेस्रोलिंगीका कारण बिकृती बढेको भनेर धेरै पटक गुनासो लिएर इटहरीवासी प्रहरीकहाँ पनि पुगे । प्रहरीले पनि धेरै पटक उनिहरुलाई नियन्त्रणमा लिइ सचेत गराई छाड्यो । तर रातको समयमा हुने उनिहरुका गतिबिधि नरोकिदा बिकृती बढेको आभाष गरिएको छ ।

प्राय रातको १० बजेपछि तेस्रोलिंगीहरु बजारका देखिने गर्छन । उनिहरुको बजार र सडकमा देखिनुको प्रमुख कारण भनेकै ‘यौन धन्दा’ हो । उनिहरु रातको समयमा ग्राहक खोज्न निस्कने गरेका छन् । उनिहरुमा प्राकृतिक रुपमा यौन सम्बन्ध राख्न नमिल्ने भएपनि (मुखमैथुन र गुुद्धद्धारमैथुन) गरेवापत उनिहरुले पैसा कमाउने गरेका छन् । इटहरी प्रहरीले पनि कतिपय अबस्थामा मुखमैथुन गरिरहेका केहीलाई रङ्गेहात पक्राउ समेत गरिसकेको छ । उनिहरु पैसामा सहमत भएपछि रातको समयमा सडक आसपास तथा लजमा समेत गएर यौनक्रिया गर्ने गरेका छन् ।

इटहरी पश्चिम लाईनमा होटल व्यवसाय गर्ने दुर्गाबहादुर बिकले रातको समयमा उनिहरुको क्रियाकलापले बिकृति बढेको बताउछन् । रातमा प्राय ट्रकका चालक तथा सहचालकसँग उनिहरुसँग भेटिन्छन । यो बिषयमा प्रशासन र इटहरीका सरोकारवाला निकायले सोच्नु पर्ने उनको भनाई छ । यस्तै इटहरीको लविपुर क्षेत्रमा पनि रातको समयमा तेस्रोलिंगीका कारण बिकृति बढेको जनगुनासो छ । त्यस क्षेत्रमा प्राय बढी ट्रक पार्किङ्ग गर्ने स्थान भएकाले पनि उनिहरुको उपस्थिति बढी हुने गर्छ । लविपुरका स्थानिय एवम होटल व्यवसायी गौतम साहले तेस्रोलिंगीका कारण यस क्षेत्रमा यौन बिकृति बढिहरेको बताए ।

कहिले ट्रक भित्र त कहिले झाडी तिर खुलेआम रुपमा ट्रकका चालक तथा सहचालकसँग मुखमैथुन तथा अन्य कार्य गरिरहेका हुन्छन, यो बिकृति नभए के हो’ ? साह भन्छन् ‘हामीले उनिहरुलाई धेरै पटक सम्झायौ, पक्रायौ पनि तर उनिहरु फेरी रातको समयमा आउँछन’ ।

के भन्छ प्रशासन ?

रातको समयमा निस्कने तेस्रोलिंगी र उनिहरुका गतिबिधिका कारण बिकृति बढेको गुनासो आएका छन् । यो बिषयमा प्रहरी सचेत छ इटहरीका डिएसपी धर्मराज भण्डारीले भने । रातमा सडकमा निस्केर जथाभाबी सबारी साधन रोक्ने र अश्लील गतिबिधि गरे उनिहरुलाई तत्कालै नियन्त्रणमा लिने योजना रहेको उनले बताए । तर पक्राउ गरेर ल्याएपछि उनिहरुलाई हिरासतमा राख्ने बिषयमा भने चुनौती रहेको भण्डारी बताउछन् । तेस्रोलिंगीका कारण इटहरीमा यौन बिकृती बढ्नेमा उनिहरुका संघसंस्थाहरु सचेत हुनुुपर्ने भण्डारीको तर्क छ ।

यौन रोगको जोखिम

चिकित्सका अनुसार पनि प्राकृतिक भन्दा पनि अप्राकृतिक यौन सम्बन्ध निकै जोखिम हुने गरेको बताउँछन् । तेस्रोलिंगीहरु मध्ये केहीमा एड्स तथा अन्य यौन रोगबाट बिरामी हुन्छन् । त्यस कारण पनि उनिहरुसँग गरिएको मखमैथुन र गुुद्धद्धारमैथुन घातक हुन सक्छ । हुुन त तेस्रोलिंगीहरुले अप्राकृतिक रुपमा यौन सम्पर्क राख्दा अस्थाई साधन तथा लुब्रिकेन्ट प्रयोग गर्ने गरेका हुन्छन् । तर जोखिम भने सदैव रहने चिकित्सको दाबी छ । साभार श्राेतः मनाेज भुजेल, अपराधन्यूज

प्रतिक्रिया

सम्बन्धित