धरानमा नाम मात्रैकाे अनुगमन : झिंगा भन्केकाे मासु खान बाध्य उपभाेक्ता

धरान / विभिन्न समयमा अनुगमन गर्ने अख्तियारी पाएको निकायले बजार अनुगमन गरे पनि सुधारको पाटो भने शून्य झै देखिएको छ । विशेष गरेर चाडपर्व नजिकै जादा यस्ता निकायहरुले अनुगमन गर्ने गर्छन् । विगतमा गरेका व्यवसायीक फर्महरुमा पुनः अनुगमनमा जादा विगतकै जस्तो हविगत हुन्छ तर सुधार भने केही भएको पाइदैन । धरान उपमहानगरपालिकाको बजार अनुगमन शाखाले चाडपर्व नजिकिदै जादा धरानका विभिन्न व्यवसायिक फर्म तथा मासु पसलहरुमा अनुगमनलाई निरन्तता दिएको छ । करिब एक महिना अगाडिदेखि शुरु गरेको अनुगमा मासु पसलमा झिंगा भन्केका, डिफ्रिज नभएका तथा प्रक्रियागद वद्शाला भएको पाइएन भने अन्य व्यवसायिक फर्ममा म्यान गुज्रिएका, सरसफाई नगरिएका तथा व्यवसायिक दर्ता नगरेको पाइएको छ ।

नगरपालिकाले अनुगमनका सरकारी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, उपभोक्तावादी संघ संस्थासंग समन्वय गरेर प्रत्येक बर्ष धरानमा रहेका किराना पसल, होटल, विभिन्न मिठाई पसल, मासु पसलमा अनुगमन गर्न गरेको छ । तर प्रत्येक बर्ष गरेको अनुगमनमा सुधार केही पाइदैन । यहासम्म केही मासु पसल चटपटे वचे सरह ठेलामा र खाटमा राखेर बेचिएको र त्यसमा भनभनी हरियो झिंगा भएको पाइएको छ ।

धरान उपमहानगरपालिकाको अनुगमन शाखाको पहलमा धरानमा रहेका होटल तथा मिठाइ पसलमा अनुगमन गर्दा विगतमा जस्तै म्याद गुज्रिएका, खाद्य पदार्थमा अखाद्य वस्तु प्रयोग भएका, सरसफाईमा कमी जस्ता कुराहरु पाइएको थियो । अनुगमन प्रभावकारी नभएकै कारण यस्तो प्रवृत्ति दोहोरिरहेको सर्वसाधारण उपभोक्ताले बताई रहदा धरान उपमहानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख रामबाबु यादवले भने अनुगमनका क्रममा म्याद गुज्रिएका सामाग्री, अखाद्य बस्तु मिसाइएको सामाग्री, प्रयोग गर्ने मिति सकिएको लगायतका सामाग्री भेटिएको बताउनुभयो ।

उहाले आज गरिएको अनुगमनका क्रममा धरान १२ मा रहेको बेकरी क्याफे, धरान २ मा लक्ष्मी मिष्ठान भण्डार, नवदुर्गा मिष्ठान भण्डार, नमस्कार होटल, टेष्टी टेष्टी, धरान ३ मा रहेको महाकाली मिष्ठान भण्डार, ओम शंकर मिष्ठार भण्डार, हेलिड बेकरी क्याफेमा सरसफाइको कमी, अखाद्य वस्तु फेला र सरसफाइमा कमी भएको पाइएको बताउनुभयो । यता खाद्य प्रविधि तथ गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक सिर्जन जोशीले आवश्यक जनशक्ति अभावका कारण समयमा अनुगमन हुन नसकेको बताउनुभयो । उहाले भने खाद्य सामाग्रीको गुणस्तर भन्दा पनि विगतको भन्दा प्रक्रियामा रहेर व्यवसाय गरेको पाइएको बताउनुभयो ।

यता व्यवसायीहरु समेत निर्धककसंग व्यवसायिक कामल गर्दा नभ्याएर सरसफाइमा ध्यान दिन नसकको बताउने गरेका छन् । गत बर्ष पनि हेलिड बेकरी क्याफेको भान्सा कोठाको वाल पुरै कालो रहेको र यस पटक पनि कुनै सुधार नआएका कुरा अनुगमनकर्ताहरुले बताएपछि यसका हसञ्चालकले भने अनुगमनकै क्रममा व्यवसायिक व्यस्थताका कारण नभ्याएको बताएका थिए । अनुगमन फितलो भएकै कारण हरेक पल्ट अनुगमन गर्दा पनि केही सुधार नभएको सर्वसाधारणहरु बताउछन् । अनुगमन खाली अनुगमन मात्र गर्ने हेतुले नभई प्रभावकारी रुपमा गर्नुपर्ने सुझाव सर्वसाधाण उपभोक्ताको छ ।

प्रतिक्रिया

सम्बन्धित