११ कक्षाको नतिजा दुई दिन भित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले ११ कक्षाको नतिजा दुई दिन भित्र सार्वजनिक गर्ने तयारी गरेकाे छ । गत वैशाख २९ गतेदेखि जेठ पहिलो सातासम्म सञ्चालन भएको परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सम्मिलित थिए ।

बोर्डका परीक्षा नियन्त्रकका अनुसार नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको बताएका छन् । कुनै प्राविधिक समस्या नआएमा दुई दिन भित्रमा जसरी पनि नतिजा प्रकाशन गर्ने तयारी गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित