मोरङका किसानले बारे गाईकाे जुठो

मोरङ / मोरङकाे मिक्लाजुङका एक किसानले घरमा पालेको गाईको मृत्यु संस्कार गरेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ टाँडीका किसान हेमलाल पौडेलले पालेको गाईको असोज २ गते बिहिबार मृत्यु भएको थियो । व्याएको आठ दिनमा गाईको मृत्यु भएपछी हिन्दु संस्कार अनुसार गाईको काजक्रिया गरिएको गाई धनी हेमलाल पौडेलले बताए । गाईको जुठो हेमलाका दाजु माधबप्रसाद पौडेलले बारेका थिए । उनले गाईको तीन दिने मृत्यु संस्कार गरेका छन् ।

हिन्दु धर्म अनुसार गाई लक्ष्मि माताको प्रतिकको रुपामा रहेको र आफुले पालेको गाई मरेपछि तीन दिन काजक्रिया गरिएको किसान पौडेलले जानकारी दिए । गाई दाम्लो भन्दा बाहिर रहेको बेलामा मर्यो यदी दाम्लो लगाएकै बेलामा मरेको भए दश दिनसम्मै काम गर्नु पर्ने पौडेलले बताए । पछिल्लो समय मान्छेको मृत्यु संस्काको दिन छोट्याउने बहस चलिरहंदा मोरङ किसानले भने गाईको मृत्यु संस्कार सम्पन्न गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित