बालबालिकाहरुकाे आँखाको हेरचाह कसरी गर्ने ? डा.नेहा चाैधरीकाे यस्ताे टिप्स

इटहरी / आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो। यूवाहरूले त आँफैले आफ्नो हेरचाह गर्न सक्छन्, तर बालबालिकाहरुलाई भने कतिपय समयमा आफ्नो आँखामा समस्या छ वा छैन भन्ने कुरामा अलमल हुन्छ, त्यसैले अभिभावकहरुले बच्चाको आँखामा आउने समस्याहरुमा ध्यान दिन जरुरी रहेकाे छ । बच्चाहरुमा विभिन्न कारणले आँखामा समस्या आउने गर्दछ । खेल्दा लडेर बच्चाहरुले आँखा गुमाउने, धुलो धुवाको कारण आँखाको एलर्जी हुने, लामो समय कम्प्युटर तथा मोबाइलको स्क्रिनमा हेरेको कारण आँखा कमजोर हुदै जाने गर्दछ ।

नेपालकाे परिप्रेक्षमा धेरै बालबालिकाहरूमा दृष्टि दोषको समस्या देखिने गरेको पाइएकाे छ । बाल आँखा रोग विशेषज्ञ डक्टर नेहा चौधरीका अनुसार बच्चाहरुमा सबैभन्दा बढी देखिने आँखाको समस्या चस्मा लगाउनु पर्ने समस्या, डेडो आँखा, अल्छि आँखा, जन्मजात मोतिविन्दु, दृष्टि दोषको समस्या हुने गर्दछ । साथै मोबाइल, ल्यापटप लगायतका विद्युतीय उपकरणको प्रयोगले पनि बालबालिकाहरूकाे आँखामा समस्या आउने गर्दछ ।

यस्तो महत्वपूर्ण अंग आँखाको हेरचाह तथा सुरक्षा कसरी गर्ने भन्ने बिषयमा विराट मेडिकल कलेज विराटनगरमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डक्टर नेहा चौधरीको जानकारी मूलक भिडियो:-

प्रतिक्रिया

सम्बन्धित