तिम्ल्याह सन्तान जन्माउने भगवतीलाई सम्मान गरिने

पथरी । तिम्ल्याह सन्तानलाई जन्म दिने मोरङको पथरीशनिश्चरे १ की भगवती खड्का (कार्की) लाई सम्मान गरिने भएको छ । कार्कीले भदौ २६ गते बिहिबार नोबेल अस्पताल बिराटनगरमा पहिलो पटक ३ सन्तान जन्माएकी हुन । पथरीशनिश्चरेमा यो तिम्ल्याह सन्तान हुने दोस्रो परिवार हो । उनले तिम्ल्याह सन्तान जन्माएको समाचार पहिलोपटक बेलबारीका पत्रकार नरेन्द्र बस्नेतले सार्बजनिक गरेका थिए । समाचार सार्बजनिक भएसँगै सो समाचार भाईरल भएको थियो ।

यसैबिच नगर भित्र ३ वटा जन्माएर नगरको नाम उच्च राखेको भन्दै उपमेयर यमुना बिष्ट बास्तोलाले बधाई तथा शुभकामना दिएकी छिन । उनले चाडै भेटघाट गर्ने भन्दै नगरबाट हुन सक्ने सम्मान गर्ने पनि बताईन । त्यस्तै उनी अध्यानरत पथरी बहुमुखी क्याम्पसले समेत उनको स्वास्थ लाभको कामना सहित शुभकामना दिएको छ । क्याम्पस प्रमुख चेतन पौडे्लका अनुसार उपहार लिएर भेटघाट गर्ने तयारी रहेको बताए ।

पौडे्लले भने “उनको तिन सन्तानको जन्मले नगर र क्याम्पसको समेत नाम जोडिएर उच्च भएको छ त्यसैले क्याम्पसले उन लागि केहि कार्यक्रम राख्ने योजना गर्ने छ” । कार्कीले २ छोरी र एक छोरा गरी ३ सन्तान जन्म दिएपछि उनको परिवार र माईती पक्षमा समेत खुसीयाली छाएको छ । आमा र सन्तान सबैको स्वास्थ्य ठिक रहेको जनाईएको छ ।

याे पनि पढ्नुहाेस्

मोरङमा एकै पटकमा तीन सन्तानको जन्म !

प्रतिक्रिया

सम्बन्धित