नेशनल एकेडेमीमा बालदिवस विशेष कार्यक्रम

धरान । राष्ट्रिय बाल दिवसका अवसरमा नेशनल एकेडेमी धरानमा विशेष कार्यक्रम सम्पन्न भएको छ । एकेडेमी अन्तर्गत स्थापित साहित्यिक क्लव र संगीत तथा नृत्य क्लवले संयुक्त रुपमा कार्यक्रम सम्पन्न गरेका हुन् ।

कार्यक्रममा एकेडेमीका कक्षा ११ र १२ विद्यार्थीहरुले नृत्य, गायन तथा कविता प्रस्तुत गरेका थिए । कक्षा ११ का सेजोल लिम्बु र विपाशा राईले नृत्य प्रस्तुत गरेका थिए भने मनकुमार राई, प्रविन तामाङ, किसिम राई लगायतले गीत गाएका थिए । कक्षा १२ का मिलन चाम्लिङ, सन्जीव राई, कन्चन कटुवाल, विपना लिम्बु लगायतले कविता प्रस्तुत गरेका थिए भने विपना लिम्बु, रोजिना बराइली लगायतले गीत गाएका थिए । ]

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष समेत रहेका मिलन चाम्लिङले आफुभित्र रहेको प्रतिभा प्रष्फुटन गर्न सहयोग पुगोस भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए । आगामी दिनमा साहित्यिक क्लवको आयोजनामा अन्तर मावि कविता प्रतियोगीता गर्ने योजना रहेको समेत उनले सुनाए । कार्यक्रमका अतिथी नेशनल एकेडेमीका सहप्राचार्य श्रीशीशा राईले सिक्ने सन्दर्भमा कुनैपनि व्यक्ति कहिल्यै बुढो नहुने सँधै बालककै रुपमा रहेकोले सबैका लागि बालदिवसको महत्व समान रहेको बताए । कार्यक्रममा एकेडेमीका अध्यापकहरु अतिथीका रुपमा सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित