पैतलामा यस्तो चिह्न भएका व्यक्ति साह्रै भाग्यमानी हुन्छन्

ज्योतिष शास्त्र अनुसार हात हेरेर भविश्य बताउने विषय त हामी सबैलाई थाहा भएकै कुरा हो । तर समुन्द्र शास्त्रले शरीरका विभिन्न भागका बनौट र त्यहाँ रहेका रेखाका आधारमा मानिसको भाग्य र स्वभाव बताउन सकिने बताउँछ । हातका मात्र होइन खुट्टाका रेखा पनि मानिसको स्वभाव र भाग्य विश्लेषणका लागि महत्वपूर्ण हुने यो शास्त्रमा उल्लेख छ ।

यहाँ समुन्द्र शास्त्र अनुसार खुट्टाका पैतलामा हुने चिन्हको अर्थबारे चर्चा गरिएको छ । समुन्द्र शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंदमा माथिमा माथितिर गएको रेखा छ भने यस्ता ब्यक्ति भोगी र विलाशी हुन्छन् । यस्ता व्यक्ति समाजमा प्रतिष्ठित पनि हुन्छन् । यिनीहरु भाग्यमानी हुन्छन् र धनी पनि । त्यस्तै कुनै व्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात गोलो आकृति छ भने यस्ता ब्यक्ति धनी हुन्छन् । यिनीहरुले धन कमाउनकै लागि धेरै मेहनत गर्नु पर्दैन ।

प्रतिक्रिया

सम्बन्धित