श्रीमतीको याेनीमा घोँचो कोचेर विभत्स हत्या

उदयपुर / उदयपुरगढी गाउँपालिकामा एक पुरुषले श्रीमतीको गुप्ताङ्गमा घोँचो घुसारेर हत्या गरेका छन् । वडा नम्बर ५ मौवासीका ४५ वर्षीय रमेश राईले श्रीमतीको हत्या गरेका हुन् । राईले ‘परपुरुषसँग सम्बन्ध राखेको’ भन्दै श्रीमती ३४ वर्षीया सुभन्द्रा बुढाथोकीको गुप्ताङ्गमा घोँचो घुसारेको प्रहरीले जनाएको छ । गुप्ताङ्गमा घोँचो घुसारे लगत्तै सुभन्द्राको मृत्यु भएको हो ।

श्रीमतीको हत्यापछि राईलाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको छ । आफू काममा गएर आउँदा श्रीमतिले परपुरुषसँग अनैतिक सम्बन्ध राखेको आरोपमा वादविवाद हुँदा श्रीमतीको यौनांगमा घोचा घुसारेको राईले बयानका क्रममा बताएका छन् । दुवै जनाले सडक मजदुरी गरी जीविकोपार्जन गर्दै आएका थिए । श्रीमतीको घटना हुने दिन काममा नगएकी स्थानीयले जानकारी दिए । राईका दुईवटी श्रीमतिमध्ये मृतक सुभद्रा कान्छी श्रीमति हुन् ।

प्रतिक्रिया

सम्बन्धित