नेशनल एकेडेमीमा क्लव मार्फत अतिरिक्त क्रियाकलाप

धरान । नेशनल एकेडेमी कलेज धरानका विद्यार्थीहरुको सम्पन्न भेलाले विभिन्न विषयसँग सम्बन्धित चारवटा क्लव गठन गरेको छ । धरान–२, सिंहदेवीचौकस्थित कलेजको सेमिनार हलमा आयोजित वृहत भेलामा स्पोर्टस क्लब, सोसियल वेलफेयर क्लब, म्युजिक एण्ड डान्स क्लब र लिटरेरी क्लव गठन गरिएको हो । कक्षा १२ व्यवस्थापन समुहका निश्चल राईको अध्यक्षतामा २१ सदस्यिय सोसियल वेलफेयर क्लव गठन गरिएको छ भने कक्षा १२ मानविकीका मिलन चाम्लिङको अध्यक्षतामा ५ सदस्यिय लिटरेरी क्लव गठन गरिएको छ । त्यसैगरी कक्षा १२ मानविकीका विपना लिम्बुको अध्यक्षतामा २५ सदस्यिय म्युजिक एण्ड डान्स क्लव र कक्षा १२ मानविकीका किरण लुंगेलीको अध्यक्षतामा २१ सदस्यिय स्पोर्टस क्लव गठन गरिएको छ ।

गठित क्लवहरुले कलेज प्रशासनको समन्वयमा विभिन्न अवसरहरुमा आवश्यकता अनुसार अतिरिक्त क्रियाकलाप गर्ने र आफ्ना प्रतिभाहरु प्रस्फुटन गर्ने प्रकारका कार्यक्रमहरु आयोजना गर्नेछन् । यसअन्तर्गत विहीबार सोसियल वेलफेयर क्लवको संयोजनमा कलेज परिसर सरसफाई गरिएको क्लवका अध्यक्ष निश्चल राईले जानकारी दिए । यही भदौ २९ गते बालदिवसका दिन म्युजिक एण्ड डान्स क्लव र लिटेरेरी क्लवको आयोजनामा कविता गोष्ठीसहित साँस्कृतिक कार्यक्रम आयोजना गरिने लिटेरेरी क्लवका अध्यक्ष मिलन चाम्लिङले बताए ।

विद्यार्थीहरुमा रहेको आन्तरिक प्रतिभा उजागर गर्दै उनीहरुमा नेतृत्व क्षमताको विकास गर्ने उद्धेश्यले कलेजमा वार्षिक रुपमा विद्यार्थीहरुको भेला गरी क्लव गठन गर्ने गरिएको कलेजका सहप्राचार्य श्रीशीशा राईले बताए । यस कलेजमा व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायमा प्लस टु पढाई हुँदै आएको छ भने स्नातक तर्फ बिएड आइटी समेत अध्यापन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित