शिक्षा दिबसका अवसरमा विराट मेडिकल कलेजकाे यस्ताे सहयोग

बिराटनगर । राष्ट्रिय शिक्षा दिवस तथा ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रदेश १ स्तरीय डिजिटल लिटरेसी कार्यक्रमको शुभारम्भ समारोहमा विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आवश्यक स्वास्थ्य डेक्स राखेर कार्यकममा सहयोग गरेको छ । बिराटनगरस्थित नरग्राम नमुना स्कुलमा आयोजित कार्यक्रममा प्रदेशका १४ जिल्लाका शिक्षक, बिद्यार्थी, अविभावकको उपस्तिथी रहेको थियो ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामजिक मन्त्री जीवन घिमिरे लगायत उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति रहेको थियो । बिराट मेडिकल कलेज शिक्षण अस्पतालको तर्फबाट कम्युनिटी मेडिसिन विभागका असिस्टेन्ट प्रोफेसर डा. सूर्य पराजुली लगायत स्वास्थ्य टिमको उपस्थिति थियो ।

सो अवसरमा विराट मेडिकल कलेजले समय समयमा यस बिद्यालयलाई पुर्याएको सहयोगका लागि प्राचार्य भिम बहादुर बस्नेतले धन्यवाद ज्ञापन पनि गरे । विराट मेडिकल कलेजले बिद्यालय स्वास्थ्य कार्यक्रमलाई उच्च मुल्यांकन गर्दै सहयोग पुर्याउदै पनि आएको छ ।

प्रतिक्रिया

सम्बन्धित