विश्व साक्षरता दिवसकाे अवसरमा बिराट मेडिकल कलेजकाे सराहनीय कार्य (तस्विरहरू सहित)

विराटनगर / विश्व साक्षरता दिवसकाे अवसरमा बिराटनगरजहदा -१ धुनी स्थित श्री जनता बाल आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सरसफाइ तथा स्वास्थ्यकाे बारेमा साक्षरता कार्यक्रम सम्पन्न भएकाे छ । विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल र रोटरी आरोग्य मिसन (रोटरी क्लब अफ विराटनगर डाउन टाउन) को संयुक्त अायाेजनामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।

रोटरी आरोग्य मिसनको तर्फबाट विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई सरसफाइ सामग्री ब्याग(hygiene kit bag),चकलेट ,बिस्कुट र जुस वितरण गरिएकाे थियाे । कार्यक्रममा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलका डा. पर्थ गुरागाइले विद्यार्थीहरू तथा अभिभावकहरूले कसरी सरसफाइमा ध्यान राख्ने, साबुन पानीले कसरी हात धुने लगायतका अन्य बिषयहरूमा प्रशिक्षण दिइएकाे थियाे । कार्यक्रममा ३५० बढी बिध्यार्थीहरूकाे उपस्थिति रहेकाे थियाे ।

पछिल्लाे समयमा बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले सेवा शुल्कलाई भन्दा पनि उपचार सेवालाइ प्राथमिकतामा राखेको छ । ‘प्रदेश एक र दुईका बासिन्दालाई छिटो, सस्तो–सुलभ र गुणस्तरिय उपचार सेवा प्रदान गर्ने हाम्रो मुख्य उध्येश्य रहेकाे यस अस्पतालमा दक्ष, अनुभवी र सम्बन्धित रोगका बारेमा प्रशस्त ज्ञान हासिल गरेका पाँच दर्जन चिकित्सकहरु मेडिकल कलेजमा आवद्ध रहनुका साथै सफा, खुल्ला, शान्त वातावरण भएको पूर्वाञ्चलको नमुना हस्पिटल बन्दै गएको यस अस्पतालमा अत्याधुनिक मेशीन सहितको उत्कृष्ट ल्याब (थोरै समयमा रिपोर्ट आउने), २४ सै घण्टा रेडियोलोजी सेवा, आकस्मिक सेवा, बिशेषज्ञ सेवा, फार्मेसी सेवा, ब्लड बैंक, ओपीडी सेवा, सधन उपचार कक्ष, सिसियू, आईसियू, बाल सधन उपचार कक्ष, एनआईसियू, पीआईसियू, मेडुलर शल्यक्रिया कक्ष, निःशुल्क खोप कार्यक्रमहरु उपलब्ध भएको मार्केटिङ तथा कम्युनिकेशन शाखाका प्रमुख आभाश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार यस अस्पतालमा दिइने सेवाहरु न्यूरो, प्लाष्टिक सर्जरी, डाइटिसियन, आँखा, हाडजोर्नी तथा नशा, फिजियोथेरापी, मेडिसिन, नवजात तथा बाल रोग, स्त्री तथा प्रसुती, छाला तथा सौन्दर्य, जनरल सर्जरी, यूरोलाजी, नशा तथा मानसिक रोग, नाक, कान घाँटी, रक्तरोग तथा क्यान्सर जस्ता रोगहरुको उपचार गरिन्छ । त्यसैगरी शुरक्षित आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य बिमा कार्यक्रम, बिरामीको उपचारसेवालाई मध्यनजर गर्दै निरन्तर बिश्वास जित्दैआएको यस अस्पतालले आगामी दिनमा पनि निरन्तर अझै सुधारात्मक पक्षलाइ जोड दिदै जाने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित