एक आश्चर्यजनक टापु जहाँ छन् हजारौं डरलाग्दा गुडियाहरु
विश्वका विभिन्न रोचक स्थानहरुमध्ये मेक्सिकोस्थित आइल्याण्ड अफ दी डल्स पनि एक हो । गुडियाको टापुका रुपमा प्रख्यात उक्त टापु हजारौं डरलाग्दा गुडियाहरुको घर हो ।
मेक्सिको सिटीको बाहिरी इलाकामा रहेको आइल्याण्ड अफ दी डल्स अर्थात् गुडियाको टापु हजारौं डरलाग्दा गुडियाको घर हो । यो टापुका रुख तथा पर्खालहरुमा यस्ता गुडिया झुण्डाइएको छ । यी टाँगिएका गुडियाहरुको पछाडि एक रहस्यमय कहानी छ । यो टापुको हेरचाह गर्ने एक व्यक्तिले यी गुडियाहरु यहाँ टाँगेको र तिनले नै समुद्री तटमा एक बालिकालाई अनौठो हालतमा मरेको अवस्थामा शव फेला पारेको भनाई छ ।
मृत बालिकाको लासको नजिक एक गुडिया पनि भेटिएको र उनले ती बालिकाको अन्त्येष्टि गरी गुडियालाई नजिकको रुखमा झुण्डाइदिएको थियो । त्यसपछि ती व्यक्तिले डरलाग्दा सपना देख्नुका साथै मरेकी बालिकाको आवाज सुन्न थाल्यो । त्यो घटनापछि ती व्यक्तिले आफ्नो जीवनका बाँकी ५० वर्ष सोही खालका गुडियाहरु टापुका विभिन्न ठाउँमा टाँगेर बिताएको बताइएको छ ।
प्रतिक्रिया