जानी राखे राम्राे : यस्ता छन् हर्राेको फाइदा

काठमाडौँ । हर्राेको बोट जत्रतत्र पाइने गर्दछ । यसको रङ्ग कालो तथा पहेंलो हुन्छ । यसको स्वाद खट्टा, नमीठो तथा मुखबाध्ने कसैला हुन्छ । आयुर्वेदिक मतानुसार हर्राेमा पाँचै रस मधुर, तीखा, कडुवा, कसैला तथा अम्ल पाइन्छ । वैज्ञानिक मतानुसार हरड को रासायनिक संरचनाको विश्लेषण गरेर ज्ञात भएको छ की हर्राेको फलमा चेब्यूलिनिक एसिड ३०५, टैनिन एसिड ३०,४५५, गैलिक एसिड, ग्लाईकोसाइड्स, राल तथा रंजक पदार्थ पाइन्छ ।

ग्लाईकोसाइड्स कब्जियत निर्मुल गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यो तत्वले शरीरको सबै अंगबाट अनावश्यक पदार्थहरू निकालेर शरीरलाई प्राकृतिक रूपमा संचालन हुन मद्दत गर्दछ । यसका निम्न औषधीय गुणहरूपनि रहेका छन् ।

दाद आएमा : हर्राे कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

जण्डिस, कमलपित्त : एक चम्चा करेलाको रसमा आधा चम्चा हर्राेको धूलो मिसाएर विहानरवेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त रोग निको हुन्छ ।

हर्राे को टुक्रो चपाएर खानाले भोक बढ्दछ ।

सानो हर्राेको टुक्रालाई पानिमा घोटेर मुख भित्र फोका भएको स्थानमा प्रतिदिन तीन पटक लगाउँनाले मुखको छाल (मुखमा आउँने खटिरा नष्ट हुन्छ ।

अवस्था अनुसार यस्लाई जुनसुकै बखत खान सकिने भएपनि यसलाई रातमा भोजन पश्चात चुस्नु राम्रो हुन्छ ।

सानो हर्राेलाई पानीमा भिजाउने र रातमा खाना पश्चात विस्तारै चपाएर सेवन गर्नाले पेट सफा हुन्छ र पेटमा ग्यास पनि कम हुने गर्दछ ।

काँचो हरडको फललाई पिधेर चट्नी बनाएर एक एक चम्मचको मात्रामा तीन पटक दिनमा सेवन गर्नाले पातलो दिसा ठिक हुन्छ । हर्राे को चुर्ण एक चम्मचको मात्रामा दुई किशमिशको साथमा लिनाले अम्लपित्त एसिडिटीको सिकायत रहन्न ।

हर्राेको चुर्ण विहान वेलुका कालो नुनको साथमा सेवन गर्नाले कफको सिकायत रहन्न । हर्राेलाई पिंधेर यसमा मह मिलाएर चाट्नाले उल्टी आउँन बन्द हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित