हाजिरीजवाफ प्रतियोगितामा स्कोलर्स होम प्रथम

सुन्दरहरैचा / मोरङ जिल्ला व्यापी अन्तरमाध्यमिक विधालय स्तरीय रमपम इन्द्रपुर जेसिज हाजिरिजवाफ प्रतियोगिता २०१९ मा सुन्दरहरैचाकाे स्कोलर्स होम प्रथम हुन सफल भएको छ । इन्द्रपुर जेसिजको आयोजनामा भएको साे प्रतियाेगितामा जिल्ला भरीका ५६ वटा विधालयहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा प्रथम भएको स्कोलर्स हाेमले नगद रु ४१ हजार , पिनांकल ज्ञान मन्दिर बयरबन दोस्रो भई नगद रु २१ हजार, विराटनगरको विकेभिएम तेस्रो भई नगद रु ११ हजार तथा सुन्दरहरैंचाको सुकुना माध्यमिक विधालय सान्तना भएर नगद रु ६ पुरस्कारका साथ मेडल र प्रमाणपत्र हात पार्न सफल भएको कार्यक्रम संयाेजक जेसी कृष्णप्रसाद अाेझाले जानकारी दिए ।

सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रममा भएको थियाे । कार्यक्रममा प्रमुख अतिथी ढकालले इन्द्रपुर जेसिजले नगरको विकासमा गरेको योगदानको प्रशंसा गरेका थिए । उनले आफू पनि जेसिजको क्षेत्रमा नै रहेर यो स्थितिमा आएको भन्दै जेसिजले व्यक्तिको नेतृत्व विकास र क्षमता अभिवृद्धिकाे काम गर्ने विचार व्यक्त गरे ।

हरेक वर्ष इन्द्रपुर जेसीजले अायाेजना गर्दै आएको प्रतियाेगितालाई सुन्दरहरैंचा नगरपालिकाले प्रबर्दन गरेको छ । मुख्य प्रायोजकमा रमपम चाउचाउ रहेकाे थियाे । हाजिरीजवाफको माध्यमबाट विधार्थीहरुको बौद्विक क्षमता अभिवृद्धिका साथै प्रतिष्पर्दाको भावना विकास गरेर भाईचाराको सम्बन्ध अभिवृद्धि गरि नगर क्षेत्रमा रहेका धार्मीक , पर्यटकिय , शैक्षिक र अाैधाेगिक क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियाेगिता शुरु गरिएको इन्द्रपुर जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी भुवन ढकालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित