दम, श्वासप्रश्वास सम्बन्धी डा. पुरू काेइरालाका यी महत्वपुर्ण टिप्स

दम, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग हो । यसको लक्षण मौसम अनुसार फरक फरक हुने गर्दछ । जसले सबै उमेर समूहका व्यक्ति समान रूपमा असर गर्न सक्छ । सामान्यतया यो रोग पुरुषको तुलनामा महिलामा बढी देखिन सक्छ ।

समयमै उपचार हुन नसकेको खण्डमा यसले सबै उमेर समूह र लिङ्गका मानिसलाई दीर्घ प्रभाव पार्न सक्छ । त्यसै गरी दमखोकप् पनि एउटा श्वासप्रश्वास सम्बन्धी रोग हो । लगातार लामो समय देखि खोकी लागेमा यो रोगले श्वास नली खुम्चाइदिन्छ । स्लिप मेडिसिन पनि श्वासप्रश्वास सम्बन्धी अर्को रोग हो । स्लिप मेडिसिनले निन्द्रामा श्वासप्रश्वासको समस्या ल्याउँदछ । विश्व स्वास्थ्य संगठन का अनुसार विश्व का करीब २५ करोड मानिस दम को समस्याले आक्रान्त छन् । दम रोगका कारण हजारौं ले वर्षेनी ज्यान गुमाउनु परेको अवस्था छ । मृत्यु हुने मा ८० प्रतिशत जति नेपाल जस्ता कम विकसित तथा विकासोन्मुख मुलुक का नागरिक पर्ने गर्दछन् ।

रोगका लक्षण

दमका बिरामीलाई सास फेर्न अप्ठ्यारो महसुस हुनु । साथै श्वास फेर्दा छातीबाट घ्यार–घ्यार आवाज आउनु, दमरोगमका लक्षण हुन । प्रायजसो दमको समस्या राति वा बिहानीपख वा धुवाँ धुलोको सम्पर्कमा आएको बेला देखिन्छ । त्यसका अलावा सामान्य रुघाखोकी भएको बेला वा भाइरल इन्फेक्सन भएको अवस्थामा पनि दम जटिल बन्दै जाने हुन्छ । त्यस्तै दमखोकी पनि श्वासप्रश्वास सम्बन्धी समस्या देखा पर्ने रोग हो ।

कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा. पुरू काेइराला, बिराट मेडिकल कलेज

यस रोगले श्वास नलीलाई खुम्चाइदिन्छ । चुरोट सेवन गर्ने र दाउरामा खान पकाउनेमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यसै गरी स्लिप मेडिसिन रोग लागेमा धेरै धुर्ने, मुटु सम्बन्धी समस्याले देखा पर्ने, सुगर, प्रेसर बढ्ने जस्ता लक्षणहरू देखा पर्दछ ।

राेगको निदान

स्लिप मेडिसिन रोग लागेमा समयमा नै अस्पताल गएर उचार गराउनुपर्दछ । यो रोग नियन्त्रण गर्न सकेमा मुटु सम्बन्धी समस्या, सुगर, प्रेसर बढ्ने जस्ता रोगबाट समेत बच्न सकिन्छ । संभव छ भने ‘पल्मोनरी फङ्सन टेस्ट’ पीएफटी (Spirometry Test) गरेर यो रोगको निदान गर्न सकिन्छ । विशेषतः पीएफटी गर्दाको औषधि ले श्वास को प्रवाह मा सुधार भएको देखिएमा दम रोग को निदान गर्न सजिलो हुन्छ । रगत मा ‘इओसिनोफिल’ बढेको देखिएमा दमको सम्भावना रहन्छ । कहिलेकाहीं छाती को एक्स-रे तथा सिटी स्क्यान पनि गर्नु पर्ने हुन सक्छ ।

रोगबाट बच्ने उपाय

दम, दमखोकी लागेमा तत्काल अस्पताल जानुनै उपयुक्त हुन्छ । दम मुुटुको समस्याले हुने एक प्रकारको रोग हो । यसको लक्षण मौसम अनुसार पनि फरक हुने गर्दछ । धुवाँ टाढा रहने, रुघा खोकीको समयमै उपचार गर्ने, चुरोट सेवन नगर्ने, दाउरामा खान पकाउँदा निस्किने धुँवा बाट बच्ने, तनावलाई न्यूनीकरण गर्ने जस्ता उपायले दम, दमखोकी रोग बाट बच्न सकिन्छ ।  गुणस्तरीय मास्कको प्रयोग गर्नुपर्दछ । भुत्ला वा रौं भएका पशुपंक्षीबाट टाढै बस्नुपर्दछ । यसका साथै चिसोबाट जोगिनुपर्दछ । जाडो समयमा दम रोगले झन् च्याप्छ । त्यसैले घर वा कोठालाई न्यानो पार्ने, न्यानो लुगा लगाउने गर्नुपर्दछ । सकेसम्म चिसोबाट बच्नुपर्दछ । फि्रजमा राखिएका चिसो खानेकुरा पनि खानु हुँदैन ।

हाछ्युँ आउने, नाक, घाँटी खसखसाउने समस्या छ भने तपाईंलाई एलर्जी हुनसक्छ । त्यसैले एलर्जी हुने काम वा चिजबाट टाढै रहनु बेश हुन्छ । यस्ता एलर्जी भइहाल्यो भने तुरुन्त उपचार गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित