महिलाले ब्रत बसेको दिन याैनको विषय सोच्नै नहुने !

कुनै शुभकार्यका लागि ब्रत बसेका महिलाले ब्रत तोडेको रात सहवास गर्न हुन्छ कि हुँ दैन धर्मशास्त्र र चिकित्साशास्त्रमा यो प्रश्नको जवाफ फरक-फरक दिइएको छ। हिन्दू धर्मशास्त्रमा मन भगवानमा मात्र लगाउन गरिने उपवासका बेला भोजन र यौन दुबै सोच्नै नहुने विषय हुन् । चिकित्साशास्त्रले भने धर्मशास्त्रले जस्तो कडाइ गरेको छैन।

शास्त्रले के भन्छ हिन्दूशास्त्र अनुसार उपवासको अर्थ भगवानमा रहने भन्ने हो । दिनभर भगवानमा मन लगाउनेले सहवासको कुरा सोच्नु पनि हुँदैन । यसले त दिमागलाई भ्रष्ट गराउँछ ।इस्लाम धर्मग्रन्थ कुरानमा पनि रमजानका अवसरमा ब्रत बसेका बेला सहवासलाई बर्जित गरिएको छ ।

क्रिश्चियनहरु यसमा जे गर्न पनि स्वतन्त्र छन् । बुद्ध धर्म ग्रन्थले पनि भगवानमा चित्त लगाउनले सहवास गर्नु हुँदैन भन्छ ।हिन्दू धर्मशास्त्र र परम्पराअनुसार हरितालिका तीजमा ब्रत बसेका महिलाले पतिसँग सहवास गर्दैनन् र उनीहरु त्यस दिन पतिसँग सुत्दैनन् भनेको छ ।

यौन विज्ञहरुको भनाइ धर्मशास्त्रले ब्रत बसेका सम्भोगबाट टाढै बसुन् भने पनि चिकित्सा शास्त्रले भने आफ्नो शारीरिक र मानसिक अवस्था विचार गर्न ब्रतालुलाई सुझाव दिन्छ । ब्रत बसेका बेला महिला शारीरिक र मानसिक रुपमा कमजोर एवं थकित हुने यौन विशेषज्ञहरुको भनाइ छ । ’ब्रतका बेला यौन सम्पर्क गर्ने कुरा दुईजनाबीच निर्भर हुन्छ । शारीरिक रुपमा थकान छैन भने सहज वातावरण बनाएर सम्बन्ध राख्दा फरक पर्दैन ।’

उनका अनुसार यौनलाई जटिल रुपमा नबुझी प्रेम अभिव्यक्त गर्ने माध्यमका रुपमा लिए ब्रतले कुनै बाधा गर्दैन । तर, ब्रत बसेका बेला शरीरमा पानी, ग्लुकोजलगायत क्यालोरी मात्रा कम हुने र सहवासमा धेरै क्यालोरी खर्च हुने भएकाले यसले थप कमजोर बनाउन सक्ने ‘तर, एकचित्तले ब्रत बस्दा शरीर फुर्तिलो र चङ्गा हुने भएकाले यौनइच्छा अझ बढ्छ ।

प्रतिक्रिया

सम्बन्धित