आफ्नै मृत्यु भएको भन्दै प्रिन्सिपलसँग विद्यार्थीले विदा मागेपछि… ( निवेदन सहित )

एजेन्सी / ८ कक्षाका एक छात्रले आफ्नै मृत्यु भएको भन्दै प्रिन्सिपलसँग विदा मागे । भारतको उत्तर प्रदेशको कानपुरमा निकै अनौठो घटना भएको छ । प्रिन्सिपलले पनि यतिसम्म लापरवाही देखाए कि उनले निवेदन पढ्दै नपढी विदा स्वीकृत गरिदिए ।

यहाँको जीडी रोडस्थित रोड स्कुलमा पढ्ने छात्रलाई विदा चाहिएको थियो । त्यसैले उनी विदाको लागि निवेदन लिएर प्रिन्सिपलकहाँ गए ।

छात्रले निवेदनमा लेखेका थिए ‘सविजय निवेदन छ कि प्रार्थी विजय (बदलिएको नाम) को २० अगष्टका दिन १० बजे देहान्त भयो । महोदयसँग अनुरोध छ कि प्रार्थीलाई हाफ टाइमपछि अवकाश प्रदान गर्ने कृपा गरियोस् ।

उनले यो निवेदन प्रिन्सिपललाई दिएपछि प्रिन्पिलले पनि रातो कलमले ‘ग्रान्टेड’ लेखेर हस्ताक्षर गरिदिए । छात्रले विदा पाए र उनी स्कुलबाट गए । उनले आफ्नो त्यो आवेदन केही दिनसम्म लुकाएर राखे । पछि साथीहरुमा चर्चाहुँदै जाँदा जब यो कुरा शिक्षकसम्म पुग्यो त्यसपछि भने हल्लाखल्ला भयो । यसको उजुरी स्कुल प्रबन्धन र शिक्षा विभागमा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित