प्रेसर लो भएर मेण्डी लामाको मृत्यु

इटहरी । प्रेसर लो पछिल्लो समय खतरनाक बन्दै गएको छ । प्रेसर लो भएकै कारण ताप्लेजुङ घर भई काठमाण्डौ बस्दै आएक मेण्डी लामाको मृत्यु भएको छ । केहि समय अघि डेंगु ज्वरो भएर उपचार प्रेसर लो भए पछि मृत्यु भएको लामाका आफन्तले बताएका छन ।

डेंगु भए पछि उपचारको लागि अस्पताल लगे पनि प्रेसर लो भएकै कारण मृत्यु भएको आफन्तर छिरिङ लामाले बताएका छन । उपचारको क्रममा प्रेसर लो भएर मत्यु भयो भनेर डाक्टरहरुले भनेका रहेछन आफन्त लामाले भने ।

के हो ब्लड प्रेसर ?

सामन्य रक्तचाप १२० र ८० हुनुपर्छ । तर, यदि तपाईको ब्लड प्रेसर ९० र ६० वा त्यो भन्दा कम छ भने, तपाईलाई लो ब्लड प्रेसरको समस्या छ । मुटुको समस्या ९ मुटुको भल्भमा समस्या, हृदयघात वा हृदयसम्बन्धी रोगले पनि रक्तचाप कम हुनसक्छ । इन्डोक्राइन समस्या९ थाइराइड, रक्तअल्पता, लो ब्लड सुगर र कहिले कहिं मधुमेहले गर्दा पनि रक्तचाप न्युन हुनसक्छ ।

डिहाइड्रेसन शरीरमा पानीको मात्रा अपुग हुँदा न्युन रक्तचापको समस्या देखापर्न सक्छ । रक्तश्राव चोटपटकको कारण रक्तश्राव भएर अचानक शरीरमा रगतको कमी भयो भने पनि रक्तचाप न्युन हुन्छ ।पोषणको कमी शरीरमा भिटामिन बि १२ र आइरनको कमीले एनीमिया हुन्छ ।

यसले गर्दा शरीरमा पर्याप्त मात्रामा रेड ब्लड सेल बन्दैन र ब्लड प्रेशर लो हुन्छ ।औषधी उच्च रक्तचाप, मुटुरोग, पार्किसन्स, डिप्रेसनको औषधी सेवन धेरै लिनाले पनि रक्तचाप न्युन हुनसक्छ । यसका साथै चक्कर आउँदा, डेँगु मलेरिया, कुनै डरलाग्दो दृश्य देख्दा रत्तचाप न्युन हुनसक्छ ।

लक्षण

थकान लाग्छ, कमजोरी महसुष हुन्छ, चक्कर आउँछ, दृष्टि धमिलो हुन्छ,छालामा पहेंलोपन देखिन्छ ।
शरीर चिसो हुन्छ,, धेरै तिर्खा लाग्छ, छिटो छिटो सास बढ्छ ।

किन खतरनाक छ ?

यदि तपाईको न्युन रक्तचाप छ भने त्यसको समयमा उपचार गर्नुपर्छ । अन्याथा यसले खतरा रोगलाई निम्त्याउँछ । यसले तपाईको स्नायु प्रणाली वा मस्तिष्कमा असर गर्न सक्छ । चक्कर आएर जहाँपनि ढल्न सक्छ ।

के गर्ने ?

अक्सर चिकित्सकले नुन कम खाने सल्लाह दिन्छन् । तर, न्युन रक्तचापमा सोडियमको मात्रा केहि धेरै हुनुपर्छ । यदि नुन सेवन मन पर्दैन भने सोया सस सेवन गर्न सकिन्छ । भरपुर पानी पिउनुपर्छ ।

यसरी सुरक्षित रहने

धेरै तातो पानीले नुहाउन हुँदैन, यसले शरीरमा तापमान बढ्छ । पर्याप्त निन्दा लिनुपर्छ । नियमित र थोरै समयको अन्तरालमा थोरै थोरै खाना खाने । चिन्ताबाट टाढै रहनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित