जलवायु परिवर्तनले मानवीय स्वास्थ्यका क्षेत्रमा चुनौति थपिंदै, २१ वटा नयाँ रोगहरुको प्रकोप बढ्दै


काठमाडौ / जलवायु परिवर्तनका कारण विश्वभर नै मानवीय स्वास्थ्यका क्षेत्रमा चुनौति थपिंदै गएको छ ।

जलवायु परिवर्तनका कारण पछिल्ला १९ बर्षमा विश्वभर विभिन्न २१ वटा नयाँ रोगहरु देखा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज(बिहिवार) काठमाडौंमा गरेको स्वास्थ्य प्रणालीमा सुधार विषयक अन्तरक्रियामा स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठले जलवायु परिर्वतनका कारण नयाँ नयाँ रोगहरुको प्रकोप बढ्दै गएको बताए ।

उनले सन् २००० यता २१ वटा नयाँ रोगहरु देखा परेको बताउनुभयो । सिमिति मुलुकमा देखिंदै आएको डेंगु ८/१० बर्ष भित्र विश्वका २५/३० वटा मुलुकमा पुगेको बताए । जलवायु परिर्वतनका कारण मानवीय स्वास्थ्यमा गंम्भीर समस्या देखिने क्रम बढेको भन्दै उनले प्रभाव न्यूनीकरण गर्न सबै क्षेत्र र वर्गबाट पहल गर्नुपर्ने आवश्कता औंल्याएका छन् ।

उनले सन् २००४ मा चितवनमा देखिएको डेंगुको समस्या अहिले ६ वटा प्रदेशका ४२ जिल्लामा पुगेको तथा कालाजार र औलोको समस्या पनि पुन देखा परेको भन्दै समयमै ध्यान पु¥याउनुपर्ने आवश्यकता औंल्याएका छन् । मन्त्रालयले जलवायु परिर्वतनबाट उत्पन्न स्वास्थ्य समस्या, सम्बोधन र भविश्यमा अपनाउनुपर्ने रणनीति लगायतका विषयमा सरोकारवाला पक्षसंग छलफल गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित