मान्छेको मलद्वारमा यसरी माहुरीको गोलो झुम्मिए पछि…..

मौरीले विभिन्न ठाउँमा घार बनाएको त देख्नुभएकै होला । तर, के मौरीले मान्छेको मलद्वारमा गुँड लगाएको देख्नुभएको छ ? अहिले सोसल मिडियामा एउटा तस्वीर तथा भिडियो भाइरल छ, जसमा एकजना मानिसको नितम्बमा माहुरीको गोलो देखिन्छ ।

पाइन्ट लगाएको उक्त मान्छेको मलद्वार क्षेत्रमा बाहुरी झुम्मिएका छन्, भुन्भुनाइरहेका छन् । दृश्य देख्दा जो कोहीलाई हाँसो थाम्न गाह्रो हुन्छ ।
इन्टरनेटमा यो भिडियोप्रति प्रतिक्रिया जनाउने हजारौँ छन् । अरु त अरु यो भिडियोलाई भारतका एकजना मन्त्रीले आफ्नो ट्वीटरमा समेत शेयर गरेका छन् । भारतको नागाल्याण्डमा मात्र यस्तो हुने उनले ट्वीटरमा लेखेका छन् ।

सोसल मिडियामा यो भिडियोप्रति अनेक खालका प्रतिक्रिया आएका छन् । एकजनाले लेखेका छन्, ‘यी युवकले बिहान खाजामा अवश्य पनि धेरै गुलियो चिज खाएको हुनुपर्दछ ।’ अर्को एकजनाले लेखेका छन्, ‘यस्तो लाग्दछ कि उनको मलद्वारबाट फूलको सुगन्ध आउँदछ ।

प्रतिक्रिया

सम्बन्धित