सुन्दरहरैंचामा जिल्ला व्यापी हाजिरिजवाफ शुरु

सुन्दरहरैंचा / मोरङकाे सुन्दरहरैचामा जिल्ला व्यापी अन्तर माध्यमिक विधालय स्तरीय रमपम इन्द्रपुर जेसिज हाजिरिजवाफ प्रतियोगिता २०१९ इन्द्रपुर जेसिजको आयोजनामा शुरु भएको छ ।

प्रतियोगितामा मोरङ जिल्लाका ५६ वटा विधालयहरुले सहभागी जनाउने भएका छन । सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यतामा प्रतियाेगिता शुरु भएको थियाे । कार्यक्रममा प्रमुख अतिथी ढकालले इन्द्रपुर जेसिजले नगरको विकासमा गरेको योगदानको प्रशंसा गरेका थिए । उनले आफू पनि जेसिजको क्षेत्रमा नै रहेर यो स्थितिमा आएको बताउँदै जेसिजले नेतृत्व विकास र क्षमता अभिवृद्धि गर्ने काम गरेकाे भन्दै प्रशंसा गरेका थिए ।

हरेक वर्ष इन्द्रपुर जेसीजले अायाेजना गर्दै आएको उक्त प्रतियाेगितालाई सुन्दरहरैंचा नगरपालिकाले प्रबर्दन गरेको छ । मुख्य प्रायोजकमा रमपम चाउचाउ रहेकाे छ । हाजिरीजवाफको माध्यमबाट विधार्थीहरुको बौद्विक क्षमता अभिवृद्धिका साथै प्रतिष्पर्दाको भावना विकास गरेर भाईचाराको सम्बन्ध अभिवृद्धि गरि नगर क्षेत्रमा रहेका धार्मीक , पर्यटकिय , शैक्षिक र अाैधाेगिक क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियाेगिता शुरु गरिएको इन्द्रपुर जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी भुवन ढकालले जानकारी दिए ।

प्रतियोगीतामा विजेता बिद्यालयले नगद ४१ हजार ,उपविजेताले २१ हजार , तृतिय हुनेले ११ हजार तथा सान्तवनाले ६ हजार तथा उत्कृष्ट टिमले १२ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । ५ समुहमा विभाजन गरेर भाद्र १३ गते फाइनल प्रतिष्पर्दा गरिने प्रतियोगिताका लागि ६ लाख ८० हजार खर्च लाग्ने अनुमान गरीएको कार्यक्रम संयाेजक जेसी कृष्णप्रसाद अाेझाले जानकारी दिए । कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले विगतमा इन्द्रपुर जेसिजले गरेका कामहरुको प्रशंसा गर्दै आगामी दिनमा समेत सामाजिक उतरदायीत्व बहन गर्न शुभकामना दिएका थिए । प्रतियाेगिता शुरु भएको पहिलो चरणमा २२ वटा विभिन्न विधालयले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित