संसद उपचार गराउन विदेश गएको भन्दै कुटपिट

एजेन्सी । आफ्नै देशमा सुविधा सम्पन्न अस्पताल बनाउनुको साटो आफ्नो उपचार गराउन विदेश गएको भन्दै नाइजेरिन नेतालाई जनताले कुटेका छन् ।

स्वास्थ्य उपचारको लागि जर्मन गएका संसदका पूर्व उप प्रमुखमाथि कुटपिट गरिएको हो । जर्मनमा बस्ने नाइजेरियन नागरिकहरूले संसदका पूर्व उपप्रमुख इके एकवेरेमाडूमाथि कुटपिट गरेका हुन् ।

उपचारसँगै जर्मनमा रहेका आफ्ना देशका नागरिकसँग भेटघाट गर्न जर्मन पुगेका उपप्रमुखलाई ‘तलाई लाज लाग्दैन्, आफ्नो देश फर्केर अस्पताल बना’ भन्दै विमानस्थलमै कुटपिट गरेका हुन् ।

उक्त आक्रमणपछि राजनीति दलका नेताहरूलाई विदेश भ्रमणमा जाँदा सचेत रहन नाइजेरिया सरकारले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित