धरानमा वृहत शैक्षिक मेला सम्पन्न

धरान / वैदेशिक रोजगारमा जान चाहने विद्यार्थीहरुलाई परामर्श दिदै आएको इडेन एकेडेमी कन्सल्सटेन्सी प्रा.लि. ले धरानमा वृहत शैक्षिक मेला सम्पन्न गरेको छ ।

मेलामा ५ देशमा रहेका युनभरर्सिटी र कलेजका प्राध्यापक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । सम्मेलन अत्यन्तै सार्थक र लाभदायी भएको इडेन एकाडेमीका कन्सल्टेन्सी प्रा.लि.का अध्यक्ष मोहन तिगेलाले बताउनुभयो ।

भदौ ८ गते धरानको गोर्खा डिपार्टमेन्ट धरानको सभाहलमा भएको अष्टेलिया, क्यानाडा र अमेरिकाबाट ८ वटा युभनिरसिटी र ६ वटा कलेजहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सो अवसरमा विदेशमा पढ्न जाने विद्यार्थीहरुका लागि के के समस्या छन्, के कस्ता काम गर्दा सहज रुपमा पढ्न जान पाउछन्, यसको प्रक्रिया के हो भन्ने विषयमा सम्मेलन केन्द्रित रहेको प्रा.लि.का अध्यक्ष तिगेलाले बताउनुभयो ।

सम्मेलनमा देखि ५ सयभन्दा बढीको सहभागिता रहेको जनाइएको छ । गत बर्षदेखि शुरु भएको शैक्षिक मेलाको मुख्य उद्देश्य विदेशमा पढ्न जान चाहनेका लागि सम्बन्धित देशको प्रक्रियाका विषयमा विद्यार्थीलाई जानकारी गराउने रहेको तिगेलाले बताउनुभयो । दुई दिनसम्म चल्ने सो मेला आज सोमबार इटहरीस्थित पार्टी प्यालेसमा हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित