इडेन एकाडेमीले धरान र इटहरीमा शैक्षिक मेलाको आयोजना गर्ने

धरान / वैदेशिक रोजगारमा जान चाहने विद्यार्थीहरुलाई परामर्श दिदै आएको इडेन एकाडेमी कन्सल्सटेन्सी प्रा.लि. धरानले धरान र इटहरीमा वृहत शैक्षिक मेलाको आयोजना गर्ने भएकाे छ । प्रा.लि.ले सुनसरीको शैक्षिक हव मानिएको धरान र इटहरीमा वृहत शैक्षिक मेलाको आयोजना गर्ने
भएको हो ।

४ देशमा रहेका युनभरर्सिटी र कलेजका प्राध्यापक, विद्यार्थी सम्मिलित मेलाले विदेशमा पढ्न चाहने विद्यार्थीहरुलाई सचेतनासंगै परामर्श गर्ने कार्यक्रम रहेको प्रा.लि.का अध्यक्ष मोहन तिगेलाले बताए ।

भदौ ८ गते धरानको गोर्खा डिपार्टमेन्ट धरानको सभाहल र ९ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना हुन लागेको शैक्षिक मेलामा भारत, अष्टेलिया, क्यानाडा र अमेरिकाबाट ८ वटा युभनिरसिटी र ६ वटा कलेजहरुको सहभागितामा शैक्षिक मेला आयोजना हुन लागेको अध्यक्ष तिगेलाले जानकारी दिए । ४ देखि ५ सय सम्म प्रा ध्यापक तथा विद्यार्थीहरुको सहभागिता रहने उनले बताए ।

गत बर्षदेखि शुरु भएको शैक्षिक मेलाको मुख्य उद्देश्य विदेशमा पढ्न जान चाहनेका लागि सम्बन्धित देशको प्रक्रियाका विषयमा विद्यार्थीलाई जानकारी गराउने रहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्

प्रतिक्रिया

सम्बन्धित