पिसजोनमा गायक सुगमलाई वान्समोर

इटहरी । सुनसरीको इटहरी – ६ मा रहेको पिसजोन आवासीय माविमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागतका लागी आयोजना गरिएको कार्यक्रममा गायक सुगम पोख्रेलले आफ्नो प्रस्तुति दिएका छन् । कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरू समेत सुनाए ।

सोही कार्यक्रममा विद्यार्थीहरूले समेत विभिन्न प्रस्तुति राखेका थिए । बिहीबार सम्पन्न बृहत् सांस्कृतिक कार्यक्रममा विद्यालयका विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो । इन्टरनेशनल स्कुल अवार्ड जित्न सफल भएको पिसजोन आवासीय माध्यमिक विद्यालय इटहरीको पुरानो विद्यालय हो । दक्ष र अनुभवी शिक्षक रहेको यस बिद्यालयले पढाई सँग सँगै अन्य क्रियाकलापमा पनि अग्रसर रहँदै आएको छ ।

नयाँ विद्यार्थीको स्वागतको लागी सुगम पोख्रेलले बिद्यार्थीलाई भरपुर मनोरञ्जन गराएको पिसजोनका सह प्रधानध्यापक विनय दाहाले बताए । पोख्रेलले आफ्ना चलेका विभिन्न गीत गाएका थिए । पोख्रेललाई बिद्यार्थीले भरपुर साथ दिए । कार्यक्रममा विद्यालयले आफ्ना विभिन्न विधामा अब्बल रहेका बिद्यार्थीहरु लाई सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित