माेरङकाे सुन्दरहरैंचामा रमपम इन्द्रपुर जेसिज हाजिरी जबाफ प्रतियोगिता २०१९ हुने

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित इन्द्रपुर जेसिजको आयोजनामा जिल्ला स्तरीय रमपम इन्द्रपुर जेसिज हाजिरी जबाफ प्रतियोगिता २०१९ हुने भएको छ ।

इन्द्रपुर जेसिसकाे सभाहलमा भाद्र ९ गते देखी ४ दिन सम्म संचालन हुने हाजिरी जवाफमा माेरङ जिल्ला भरिका ५६ वटा निजी तथा सरकारी विद्यालयहरु सहभागी हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएकाे छ ।

हाजिरी जवाफमा माेरङ जिल्ला भरिका ५६ वटा निजी तथा सरकारी विद्यालयहरु सहभागी हुने अायाेजकाे भनाइ रहेको छ । प्रतियोगीतामा विजेता बिद्यालयले नगद ४१ हजार ,उपविजेताले २१ हजार , तृतिय हुनेले ११ हजार तथा सान्तवनाले ६ हजार तथा उत्कृष्ट टिमले १२ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने इन्द्रपुर जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी भुवन ढकालले बताए । ५ समुहमा विभाजन गरेर भाद्र १३ गते फाइनल प्रतिष्पर्दा गरिने प्रतियोगिताका लागि ६ लाख ८० हजार खर्च लाग्ने अनुमान गरीएकोले सम्पुर्ण अावश्यक तयारी समेत भै रहेकाे कार्यक्रम संयाेजक जेसी कृष्णप्रसाद अाेझाले जानकारी दिए ।

हरेक वर्ष इन्द्रपुर जेसीजले अायाेजना गर्दै आएको उक्त प्रतियाेगितालाई सुन्दरहरैंचा नगरपालिकाले प्रबर्दन गरेको छ । मुख्य प्रायोजकमा रमपम चाउचाउ रहेकाे छ । हाजिरीजवाफको माध्यमबाट विधार्थीहरुको बौद्विक क्षमता अभिवृद्धिका साथै प्रतिष्पर्दाको भावना विकास गरेर भाईचाराको सम्बन्ध अभिवृद्धि गरि नगर क्षेत्रमा रहेका धार्मीक , पर्यटकिय , शैक्षिक र अाैधाेगिक क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियाेगिता गर्न लागिएको इन्द्रपुर जेसिज बर्ष २०१९ का महासचिव जेसी टेकमणी न्यौपाने ( विवेक) ले बताए ।

प्रतिक्रिया

सम्बन्धित